पाठशाला न्यूज
 २०८१ बैशाख १७, सोमबार    

कविता- पर्खाइ....

२०८० माघ १३, शनिबार १०:३३ बजे

कविता 

पर्खाइ.....

     - लक्ष्मी श्रेष्ठ 

शिशिरले घाम पर्खेझैँ

बाक्लो कुहिरोलाई छिचोलेर

न्यानोपनको आसामा

 

बसन्तले बहार पर्खेझैँ

उराठ लाग्दो मौसम भुलेर

बागमा रमाउने सपनामा 

 

बिछोडिएका प्रेमीलाइ पर्खेझैँँ

एक्लोपनको अतीत भुलेर

अङ्गालाेमा रमाउने कल्पनामा

 

जुनले रात पर्खेझैँ

दिनभरिको चर्को घाम भुलेर

अन्धेरीरातलाई जग्मगाउने नियतमा

 

पर्खिरहेछु तिमिलाइ प्रीय...

तिम्रो निधार चुम्न

निलनयनमा हराउन

गगनरूपी छातिमा शिर राखी

सारा थकान मेटाउन

पर्खिनुको बिकल्प छैन