पाठशाला न्यूज
 २०८१ मंसिर २३, आइतवार    

क्यान को अध्यक्षमा चतुरबहादुर चन्द निर्विरोध निर्वाचित

२०८० आश्विन ६, शनिवार १२:३८ बजे

काठमाण्डौं–नेपाल क्रिकेट संघ(क्यान) को अध्यक्षमा चतुरबहादुर चन्द निर्विरोध निर्वाचित भएका छन् ।
अध्यक्षमा उम्मेदवारी दिने घोषणा गरेका बर्दिया क्रिकेट संघका अध्यक्ष विनयराज भन्डारीको प्रस्तावक र समर्थक दुबै नभएपछि उनी अध्यक्षको दौडबाट पछि हटेसँगै अध्यक्षमा चन्द निश्चित भएका हुन् ।
त्यस्तै रोशन सिंह उपाध्यक्ष बन्ने निश्चित भएको छ । क्यानको निर्वाचनका लागि बिहान ९ः१५ देखि १०ः१५ सम्मको समय निर्धारण गरिएको थियो ।
क्यानका एक सदस्यका अनुसार सो अवधिमा उनीबाहेक अन्यको उम्मेदवारी नपरेपछि उपाध्यक्षमा सिंह निश्चित भएका हुन् ।
कोषाध्यक्षमा कर्णाली प्रदेश क्रिकेट संघका अध्यक्ष पदम खड्का र महिला सदस्यमा जयन्ती भट्ट पनि निर्विरोध निर्वाचित भएका छन् ।
सचिवमा पारस खड्का र प्रशान्तविक्रम मल्लबीच प्रतिस्पर्धा हुने भएको छ । पारसले चतुरबहादुर चन्द प्यानलबाट सचिवमा उम्मेदवारी दिएका छन् । उनी केही अघिमात्रै बाग्मती प्रदेश क्रिकेट संघको अध्यक्ष निर्वाचित भएका थिए । सचिवका अर्का उम्मेदवार प्रशान्तविक्रम मल्ल यसअघि पनि सचिव थिए । विवाद भएपछि उनले सचिवबाट राजीनामा दिएका थिए । क्यानको निर्वाचनमा ८४ मतदाता छन् ।