पाठशाला न्यूज
 २०८१ जेष्ठ ४, शुक्रवार    

नेपाली क्रिकेटका राष्ट्रिय खेलाडीहरुका लागि १ करोड ५७ लाख ५० हजार नगद पुरस्कार निकासा

२०८० कार्तिक १७, शुक्रवार २१:३२ बजे

काठमाण्डौं- क्रिकेट प्रतियोगिताको पूर्वघोषित नगद पुरस्कारहरु अर्थ मन्त्रालयले निकासा गरेको छ।

तीन प्रतियोगिताको पूर्वघोषित १ करोड ५७ लाख ५० हजार नगद पुरस्कार निकासा भएको राष्ट्रिय खेलकुद परिषद्का सदस्य–सचिव टंकलाल घिसिङले जानकारी दिए।

गत वैशाख ५ देखि १८ गतेसम्म भएको एसीसी पुरुष प्रिमियर कपका लागि ७९ लाख, २०७९ साल फागुन १२ देखि १८ गतेसम्म भएको आईसीसी यु–१९ पुरुष सीडब्लूसी– एशिया क्लालिफायरका लागि ४६ लाख र आईसीसी सीडब्लुसी लिग– २ का लागि ३२ लाख ५० हजार नगद पुरस्कार निकासा भएको हो।

सदस्य–सचिव घिसिङले शुक्रबार मूलपानीमा भएको ट्वान्टी–२० विश्वकप छनोट एशिया क्षेत्रको सेमिफाइनलमा यूएईलाई ८ विकेटले हराउँदै अर्को वर्ष अमेरिका र वेस्ट इन्डिजमा हुने विश्वकपका लागि स्थान सुरक्षित गर्न सफल नेपाली टोलीलाई बधाई दिँदै फाइनलमा सफलताका लागि शुभकामना दिए।