पाठशाला न्यूज
 २०८१ माघ २६, शनिवार    

देशका उच्च पहाडी र हिमाली भूभागहरूमा हिमपातको सम्भावना

२०८१ कार्तिक २०, मङ्गलवार ०६:५६ बजे

काठमाडौं- आज पनि देशका थोरै ठाउँमा वर्षा भइरहेको जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाका अनुसार आज पहाडी भू–भागका एक–दुई स्थानमा वर्षा भइरहेको छ ।

आज देशभर पश्चिमी वायु र स्थानीय वायुको प्रभाव रहेको छ । जसका कारण आज दिउँसो कोशी, बागमती र सुदूरपश्चिम प्रदेशका पहाडी भू–भागका थोरै र बाँकी पहाडी भू–भागका एक–दुई स्थानमा मेघ गर्जन र चट्याङ्सहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ ।

देशका उच्च पहाडी तथा हिमाली भू‍–भागका थोरै स्थानहरूमा हल्का हिमपातको पनि सम्भावना रहेको छ भने पहाडमा असिनापानीको सम्भावना रहेको छ ।