पाठशाला न्यूज
 २०८१ जेष्ठ ७, सोमवार    

ओटीसी बजारबाट १ अर्ब ७१ करोडको कारोबार

२०८० कार्तिक १५, बुधवार ०८:२२ बजे

काठमाडौं : ओभर दी काउन्टर (ओटीसी) मार्केटबाट पहिलो त्रैमासमा कुल १ अर्ब ७१ करोड ६ लाख ६८ हजार ७४० रुपैयाँ बराबरको सेयर कारोबार भएको छ ।
विभिन्न २३ कम्पनीका कुल १ करोड ३६ लाख ७२ हजार १२० कित्ता सेयर कारोबार भएको नेप्सेले जनाएको छ ।
ओटीसी बजारमा पहिलो त्रैमासमा कारोबार भएका कम्पनीमध्ये वर्ल्डलिंकको सेयर मूल्य सबैभन्दा धेरै प्रतिकित्ता ९ हजार ३७५ रुपैयाँ छ ।
ओटीसी बजारमा कारोबार भएका अन्य कम्पनीमा हिम रिभर पावर, आईएमई डिजिटल सोलुसन, नेपाल क्यान्सर हस्पिटल, मुक्तिनाथ कृषि कम्पनी, एभरेस्ट हस्पिटालिटी, बीओके क्यापिटल, याम्बलिङ हाइड्रोपावर, गर्जाङ उपत्यका पावर छ ।
त्यस्तै जनज्योति एजुकेसन फाउन्डेसन, अपोलो हाइड्रोपावर, इलेक्ट्रोपावर, सोपान मल्टिपल, आभासार इक्विटी, बन्दीपुर केबलकार, अन्नपूर्ण केवलकार, भरतपुर सामुदायिक हस्पिटल, चण्डेश्वरी महादेवखोला, लक्ष्मी स्टिल, गरिमा क्यापिटल, चार्टर्ड क्यापिटल, बरुण इन्भेस्टमेन्ट र काठमाण्डु मेडिकल कलेजको सेयर ओटीसी बजारमा कारोबार भएको छ ।