पाठशाला न्यूज
 २०८२ पौष ४, शुक्रवार    

प्रधानमन्त्री ओलीले आज प्रतिनिधि सभामा सांसदहरुको प्रश्नको जवाफ दिने

२०८१ श्रावण ७, सोमवार ०६:५७ बजे

काठमाडौं- आज प्रधानमन्त्री केपी शर्मा ओलीले १ बजे प्रतिनिधिसभाको बैठकमा सांसदहरुले उठाएका प्रश्नहरुको जवाफ दिनेछन्।

प्रतिनिधिसभा नियमावलीको नियम ५६ मा प्रधानमन्त्रीको प्रत्यक्ष प्रश्नोत्तर व्यवस्था छ। नियमावलीमा प्रत्येक महिनाको पहिलो हप्ताको कुनै एक दिनको बैठकको एक घण्टा प्रश्नोत्तर हुने व्यवस्था छ। प्रतिनिधि सभामा प्रश्नका लागि वर्णानुक्रम अनुसार सदस्यहरूको समूह विभाजन गरेको छ। समूहका सदस्यले मात्र प्रश्न गर्न पाउँछन्।

संसदमा प्रधानमन्त्रीको यो पहिलो प्रश्नोत्तर हो। गत असार ३० गते प्रधानमन्त्री नियुक्त भएका उनले आइतबार मात्र संसदमा विश्वासको मत लिएका थिए।