पाठशाला न्यूज
 २०८१ बैशाख १९, बुधबार    

फोहोरमैला व्यवस्थापन राजनीतिक प्राथमिकताको बिषय हुनुपर्छ: इयु राजदुत

२०८० चैत्र २७, मंगलबार २०:०९ बजे

बर्दिबास- युरोपिएन युनियनका राजदुत भेरोनिक लोरेन्जोले वातावरण संरक्षण सबैको लागि प्राथमिकताको बिषय भएको बताएकी छन्।

मंगलबार बर्दिबास नगरपालिकामा क्रीएसन नेपालद्वारा आयोजित सरोकारबालासँगको छलफलमा राजदुत लोरेन्जोले यस्तो बताएकी हुन्।  उनले वातावरण हामी सबैको लागि उतिकै महत्त्वपूर्ण रहेको जोड दिंँदै यसलाई राजनीतिक रुपमा स्थानिय प्राथमिकताको बिषय बनाउनु पर्नेमा जोड दिइन्। 

उनले भनिन् वातावरणलाई राजनीतिक रुपमा पनि प्राथमिक दिनुपर्छ । वातावरणलाई चक्रीय अर्थतन्त्रसँग जोडन सके यसले पर्यावरण संरक्षणसँगै आर्थिक समृद्धि पनि हासिल गर्न सकिन्छ ।

त्यस्तै, नेपालका लागि जर्मन राजदुत थोमल प्रीन्जले बर्दिबास नगरपालिकाले फोहोरमैला व्यवस्थापन क्षेत्रमा कसरी काम गरि रहेको जिज्ञासा राखेका थिए । बर्दिबास नगरपालिकाको उपमेयर तारादेबी महतोले नगरपालिकाले फोहोरमैला व्यवस्थापन क्षेत्रमा नीति निर्माणका लागि क्रीएसन नेपालसँग सहकार्य गरेर अगाडी बढी रहेको बताइन् । उनले अहिलेपनि फोहोरमैला क्षेत्रमा काम भैरहेको जानकारी गराउँदै अझै नितिगत स्पष्टता सहित दीर्घकालीन व्यवस्थापनमा जोड दिइन्।

स्वेडन (दिल्ली)  मिसन उपप्रमुख क्रीस्टिएन क्यामिलले फोहोरमैला ब्यबस्थापन बिश्वब्यापी समस्या भएको जिकिर गर्दै नितिगत रुपमा स्पस्ट हुनसके समाधान गर्न कठिन नहुने बताए ।

त्यसैगरी, फ्रान्सका राजदुत ग्लिज बोरबाउ, युरोपिएन युनियनका सहकारिता उपप्रमुख एलोइजा स्टुडिलो पनि उपस्थित रहेकी थिइन्। युरोपिएन युनियनको सहयोगमा क्रीएसन नेपालले बर्दिबास नगरपालिकासँग मिलेर ग्रीनसिफ्ट परियोजना सञ्चालन गरिरहेको छ । 

छलफलमा ग्रीन शिफ्ट परियोजनाका लागि छनौट भएका बर्दिबासका नगरपालिका भित्रका चार बिद्यालयका प्राधानाध्यापक सहित बिद्यार्थी सहभागिता रहेको थियो । उक्त बिद्यालय क्लाइमेट स्मार्ट स्कुलझै परियोजना सुचारु हुनेछ । जसमा बिद्यार्थीहरुले प्लास्टिकजन्य फोहोरमैला व्यवस्थापनकोबारेमा जनचेतना र ज्ञान प्राप्त गर्नेछ ।