पाठशाला न्यूज
 २०८० मंसिर १६, शनिबार    

माइतिघर मण्डला निषेधित क्षेत्र घोषणा भए पछि प्रसाई र युवा संघको कार्यक्रम स्थल परिवर्तन

२०८० मंसिर ४, सोमबार २१:३१ बजे

काठमाडौं – राजतन्त्र पुनःस्थापनाका लागि भन्दै मंसिर ७ गतेदेखि आन्दोलनको घोषणा गरेका मेडिकल व्यवसायी दुर्गा प्रसाईंको प्रर्दशन रत्नपार्कमा हुने भएको छ भने नेकपा एमालेको भातृसंगठन युवा संघको प्रदर्शन तीनकुनेमा हुने भएको छ। 

सुरक्षाको कारण देखाउँदै जिल्ला प्रशासन कार्यालय काठमाडौंले माइतीघरदेखि बानेश्वरसम्म निषेधित क्षेत्र घोषणा गरेपछि प्रसाईं र युवा संघको कार्यक्रम क्रमशः रत्नपार्क र तीनकुनेमा हुन लागेको हो ।

सो दिन काठमाडौंमा ५० हजार मानिस उर्ताने प्रसाईंले दाबी गरेका छन् । व्यवस्था परिवर्तन चाहने देशैभरका नागरिक आजैदेखि काठमाडौंमा भेला हुन लागेको उनको भनाइ छ ।

प्रसाईंले मंसिर ७ देखि सुरु हुने आन्दोलन व्यवस्था परिवर्तन नहुञ्जेल जारी रहने बताए । 

यसैगरी शक्ति प्रर्दशनको रुपमा हेरिएको एमालेको भातृसंगठन युवा संघको कार्यक्रमलाई प्रसाईको आन्दोलन लक्षित कार्यक्रमको रुपमा हेरिएको थियो।

मंसिर ७ गते प्रसाई र नेकपा एमालेको भातृ संगठन युवा संघको कार्यक्रम जुधेपछि जिल्ला प्रशासन कार्यालय काठमाडौंले माइतीघरदेखि बानेश्वरसम्म निषेधित क्षेत्र घोषणा गरेको थियो ।