पाठशाला न्यूज
 २०८१ जेष्ठ ५, शनिवार    

आज विद्यालय भवन उद्घाटन गर्न प्रधानमन्त्री ‘प्रचण्ड’ सर्लाही जाने

२०८१ वैशाख २२, शनिवार ०९:०९ बजे

काठमाडौं : प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ शनिवार सर्लाही जाने भएका छन् ।
बलरा नगरपालिका–८, गडहिया डुमरियामा रहेको जनता नमुना माध्यमिक विद्यालयको नवनिर्मित भवन उद्घाटन गर्न प्रधानमन्त्री त्यसतर्फ जान लागेका हुन् ।

प्रधानमन्त्री हेलिकप्टरमार्फत मध्याह्न गडहिया पुग्ने कार्यक्रम छ ।
बागमती प्रदेशको राजधानी हेटौँडामा आयोजित एक कार्यक्रममा सरिक भएर प्रधानमन्त्री त्यहाँ पुग्ने कार्यक्रम तय भएको छ । गहहीया माविको भवन उद्घाटनपछि प्रधानमन्त्रीले त्यहीँ माओवादी केन्द्रले आयोजना गर्ने बृहत् पार्टी प्रवेश कार्यक्रमलाई सम्बोधन गर्ने कार्यक्रम तय भएको छ ।
प्रधानमन्त्रीको आगमनलाई लक्ष्य गरी बलरामा उच्च सुरक्षा सतर्कता अपनाइएको छ ।