पाठशाला न्यूज
 २०८१ श्रावण १२, शनिवार    

नेम्वाङको निधनमा राष्ट्रिय सभाबाट शोक प्रस्ताव पारित

२०८० भाद्र २८, बिहीवार १६:१७ बजे

काठमाडौं–राष्ट्रिय सभाले संविधान सभा अध्यक्ष सुवासचन्द्र नेम्वाङको निधनमा शोक प्रस्ताव पारित गरेको छ । सभाको बिहीबारको बैठकले सो प्रस्ताव पारित गरेको हो ।
बैठकमा राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले नेम्वाङको निधनमा शोक प्रस्ताव प्रस्तुत गरेका थिए । त्यसलाई सभाले अनुमोदन गरेको हो ।
त्यस्तै सभामा एक मिनेट मौनधारण पनि गरिएको थियो ।
२००९ सालमा जन्मिएका नेम्वाङको मंगलबार बिहान निधन भएको थियो । उनको बिहीबार दिउँसो पशुपति आर्यघाटमा अन्त्यष्टि गरिएको छ ।
राष्ट्रिय सभाको अर्को बैठक असोज १२ गते अपराह्न १ः०१ बस्नेछ ।