काठमाडौं- प्रधानमन्त्री ओलीले मंसिर १७ देखि पाँचदिने चीन भ्रमण गर्ने तयारी गरेकाछन् । तयारीका क्रममा ओलीले आज आफ्नो चीन भ्रमणका विषयमा सरोकारवालासँग छलफल गर्ने भएका छन्।
प्रधानमन्त्री ओलीले अहिले बिहान ११ बजे पूर्वप्रधानमन्त्री, पूर्वपरराष्ट्रमन्त्री र परराष्ट्र मन्त्रालयसँग चीन भ्रमणका विषयमा छलफल गर्न लागेको उनको सचिवालयले जनाएको छ । छलफल प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा हुने छ।