पाठशाला न्यूज
 २०८२ पौष ४, शुक्रवार    

माओवादीले फिर्ता लियो कोशी सरकारलाई दिएको समर्थन

२०८१ भाद्र १४, शुक्रवार १५:५६ बजे

काठमाडौं- नेकपा माओवादी केन्द्रले कोशी प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता लिएको छ ।

शुक्रवार माओवादी कोशी प्रदेश संसदीय दलले सरकारलाई दिइएको समर्थन फिर्ता लिएको जानकारी गराएको हो ।

केन्द्रमा कांग्रेस-एमाले को गठबन्धन बनेपछि कोशीमा एमालेकै सरकार रहेपनि कांग्रेस भने अहिलेसम्म सरकारमा गएको छैन । आपसी भागबण्डामा कुरा नमिलेको भन्दै काँग्रेसले सरकारमा जान आनाकानी गरिरहेको छ ।