पाठशाला न्यूज
 २०८१ वैशाख ३०, आइतवार    

आजको मौसम : ३ वटा प्रदेशमा छिटपुट वर्षा

२०८० फाल्गुण १५, मङ्गलवार ०९:११ बजे

काठमाडौं : आज तीनवटा प्रदेशका पहाडी इलाकामा छिटपुटदेखि हल्का वर्षाको सम्भावना देखिएको जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।
विभागका अनुसार गण्डकी, कर्णाली र सुदूरपश्चिमका पहाडी भेगका १–२ स्थानमा छिटपुटदेखि हल्का वर्षाको सम्भावना देखिएको हो ।
पश्चिमी न्यून चापीय प्रणालीको आंशिक प्रभावका कारण आज दिउँसो गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिमसहित देशका पहाडी भेगमा आंशिकदेखि साधारणतया बदली रही बाँकी भूभागमा मौसम मुख्यतया सफा रहने पूर्वानुमान छ ।
यस्तै, गण्डकी, कर्णाली र सुदूरपश्चिमका पहाडी भेगका १–२ स्थानमा छिटपुटदेखि हल्का वर्षाको सम्भावना छ। गण्डकी, कर्णाली र सुदूरपश्चिमका उच्च पहाडी र हिमाली भेगका थोरै स्थानमा हल्का हिमपातको सम्भावना छ ।
आज राति पहाडी भेगमा आंशिकदेखि साधारणतया बदली रही बाँकी भूभागमा आंशिक बदलीदेखि मौसम मुख्यतया सफा रहने छ । गण्डकी, कर्णाली र सुदूरपश्चिमका पहाडी भेगका १–२ स्थानमा छिटपुटदेखि हल्का वर्षाको सम्भावना छ । यस्तै, देशभरका उच्च पहाडी र हिमाली भेगका १–२ स्थानमा हल्का हिमपातको सम्भावना पनि छ ।