पाठशाला न्यूज
 २०८१ जेष्ठ ३, बिहीवार    

छायाँनाथ रारा नगरपालिकाको आफ्नै लोगो

२०८० फाल्गुण १, मङ्गलवार १८:३७ बजे

मुगु- मुगुको एक मात्र छायाँनाथ रारा नगरपालिकाले आफ्नै पहिचान झल्कीने लोगो निमार्ण गरेको छ। स्थानीय सरकारले आफ्नै पहिचान झल्किने गरी प्रतिक चिन्ह लोगो बनाउन पाउने व्यवस्था अनुसार छायाँनाथ रारा नगरपालिकाले आफ्नै पहिचान झल्किने प्रतिक चिन्ह लोगो निमार्ण गरेको हो।

छायाँनाथ रारा नगरपालिकाको पर्यटन, पहिचान ऐतिहासिक जनजिवन, भूगोल सांस्कृतिक पहिचान झल्कीने गरी छायाँनाथ रारा नगरपालिकाले प्रतिक चिन्ह लागो निमार्ण गरेर सञ्चालनमा ल्याएको छायाँनाथ रारा नगरपालिकाले जनाएको छ।

छायाँनाथ रारा नगरपालिका कार्यपालिकाको गत माघ २४ गते बसेको बैठकले स्थानीय सरकारले आफ्नै पहिचान झल्किने गरी प्रतिक चिन्ह लोगो बनाउन पाउने व्यवस्था अनुसार स्थानीय सरकार छायाँनाथ रारा नगरपालिकाले पनी आफ्नै पहिचान झल्कीने लोगो निमार्णका गर्ने नगर कार्यपालिकाको निर्णयसँगै छायाँनाथ रारा नगरपालिकाको पहिचान झल्कीने यस नगरपालिाका भित्र रहेका पर्यटकीय क्षेत्र नेपालको सबैभन्दा ठूलोताल रारा ताल, चंखेली हिमाल, छायाँनाथ मन्दिर र धानाका बाला नगरपालिकाको नक्सा, नेपालको नक्सा राष्ट्रिय झण्डालगायतका पर्यटकीय क्षेत्र समाबेश गरेर नगरपालिकाको लोगो निमार्ण गरेको छायाँनाथ रारा नगरपालिका नगर प्रमुख बिष्णु कुमार भामले जानकारी दिए।

उनका अनुसार बुधबारदेखि नेपाल सरकारको लोगो र स्थानीय सरकार छायाँनाथ रारा नगरपालिकाको लोगोसहितको लेटहेड पनी सञ्चालनमा ल्याएको नगर प्रमुख भामको भनाइ छ।

लोगो