पाठशाला न्यूज
 २०८१ जेष्ठ ४, शुक्रवार    

इलाम- २ मा सुहाङको अग्रता कायमै

२०८१ वैशाख १७, सोमवार २०:१२ बजे

काठमाडौं- इलाम- २ मा  नेकपा एमालेका उम्मेदवार सुहाङ नेम्वाङले फराकिलो मतान्तरसहित अग्रता कायमै राखेका छन्।

प्राप्त पछिल्लो विवरण अनुसार सुहाङले १८ हजार १९६ मत प्राप्त गरेका छन् भने नेपाली कांग्रेसका डम्बर खड्का १२३३९ मत प्राप्त गरेका छन् । अहिले सुहाङ ८५५७ मतले अगाडी रहेका छन् ।

त्यसैगरी पहिचान पक्षका स्वतन्त्र उम्मेदवार डेकेन्द्र थेगिमले पनि पछिल्लो गणनामा मत बढाउदै लगेका छन् । उनले अहिलेसम्म ९३३६ मत प्राप्त गरेका छन् भने रास्वपा मिलन लिम्बु ३०६७ मत प्राप्त गरेका छन् ।

इलाम-२ मा अहिलेसम्म ४४ हजार ३७३ मत गणना भएको छ। कुल १ लाख १५ हजार ८८९ मतदाता रहेको इलाम- २ मा जम्मा ६९ हजार २ सय ८७ मत खसेको थियो ।