पाठशाला न्यूज
 २०८१ बैशाख २०, बिहीबार    

फाइटरले कमायाे दाेस्राे दिनसम्ममा ६१ कराेड

२०८० माघ १३, शनिबार ११:१६ बजे

मुम्बइ- ऋतिक रोशनको फिल्म फाइटरले शुक्रबार भारतमा ३९ करोड कमाएको छ। 

यसमा ऋतिक रोशन स्क्वाड्रन लिडर शमशेर पठानियाको भूमिकामा छन्।

सिद्धार्थ आनन्दको निर्देशनमा बनेको फिल्म बिहीबार हलमा रिलिज भएको थियो । सैकनिल्कका अनुसार फिल्मले रिलिज भएको दुई दिनमै ६० करोड रुपैयाँभन्दा बढी कमाएको छ। 

फिल्मले पहिलो दिन भारतमा २२.५ करोडको ओपनिङ गरेको थियो । समाचार अनुसार यसले दोस्रो दिन भारतमा ३९ करोड रुपैयाँ कमाएको छ। हालसम्म फिल्मले घरेलु बक्स अफिसमा ६१.५ करोड कमाइसकेको छ । 

फाइटरले दर्शक र समीक्षकहरुबाट राम्रो प्रंशशा पाएको छ। फाइटरले ऋतिक र दीपिकाको पहिलो पटक अन स्क्रिन सहकार्यमा रहेका छन् ।