पाठशाला न्यूज
 २०८१ बैशाख २२, शनिबार    

रास्वपा गुजरा नगरपालिकाको प्रथम नगर भेला सम्पन्न

२०८० चैत्र ११, आईतबार १२:३६ बजे

दिपु कुमार मिश्र
रौतहट : राष्ट्रिय स्वतन्त्र पार्टि ( रास्वपा) को प्रथम नगरभेला सम्पन्न गरिएको छ ।
शनिवार संगठन बिस्तारको क्रममा जिल्लाको गुजरा नगरपालिका वडा नम्बर २ कटानी बजारमा प्रथम नगरभेला सम्पन्न गरिएको हो । भेलाको क्रममा ११ सदस्यीय नगर कमिटि गठन गरिएको नगर सभापति एवं पुर्व उपमेयर शेख रौशन खातुनले पाठशाला न्युजलाई जानकारी दिएकी छिन ।
तेसैगरी नगर उप–सभापतिमा जितेन्द्र साह कलवार,सचिवमा राजहरण बन्ठा,कोषाअध्यक्षमा आश महम्द अंसारी,सदस्यहरुमा प्रमिला कुमारी थापा,रामेश्वर सिंह,शेख अजाजुल हक,कुन्ती देवी सापकोटा,सुवद्रा देवी चौलागाई,कादिर मिँया मन्सुर सर्वसम्मत चयन भएको सभापति खातुनले बताएकी छिन् ।
सो भेलामा मधेश प्रदेश सभापति एवं केन्द्रीय सदस्य तपेश्वर यादव, केन्द्रीय सदस्य डा.नन्दन यादव,प्रदेश महामन्त्री मनिष साह,प्रदेश प्रवक्ता रंजीत राम,चन्द्रपुर नगर सभापति उदय सापकोटा (सुरेन),युवा नेता बद्रुदिन  अरमान भाई  लगायतको सहभागिता रहेको थियो ।