पाठशाला न्यूज
 २०८१ जेष्ठ ८, मङ्गलवार    

प्रभु साह पत्नि पुर्व नगर प्रमुख रिना कुमारी साह दल त्याग गरि अन्य दलमा गएको पुष्टि (भिडियो प्रमाण सहित)

२०८० आश्विन ३०, मङ्गलवार २२:०१ बजे

रौतहट- नेकपा एमालेको तर्फबाट टिकट लिएर वि.सं.२०७९ सालको स्थानीय तहको निर्वाचनमा रौतहटको मौलापुर नगरपालिकाबाट नगर प्रमुख पदमा निर्वाचित रिना कुमारी साहलाई निर्वाचन आयोगले पद मुक्त गरे पछि आफु एमाले मै रहेको दाबी गरेकिछिन्। निज साह आम जनता पार्टीको पार्टी अध्यक्ष प्रभु साह पत्नि हुन् । 

आम जनता पार्टी स्थापना भएको केहि महिना पश्चात पार्टीको भातृ संगठन आम महिला मोर्चाको केन्द्रिय कार्यसमितिको पूर्ण बैठकमा भाग लिएकी साहले हाम्रो आम जनता पार्टी भर्खर दुइ तिन महिना भयो भन्दै उक्त बैठकमा सबैलाई संगठन बिस्तारमा लाग्न आग्रह गर्दै शुभकामना व्यक्त गरेकि थिईन् । 

तथापि साहले मंगलबार शिलापत्रलाई दिएको एक जानकारी अनुसार आफु एमाले मै रहेको जिकिर गरेकिथिईन्। 

मंगलबार एक सुचना प्रकाशित गर्दै निर्वाचन आयोगले निज साहलाई नगर प्रमुख पदबाट मुक्त गरेको हो । नेकपा एमालेको केन्द्रिय समितिको निर्णयले साह दल त्याग गरि अन्य दलमा प्रवेश गरेको निर्णयको प्रतिलिपि निर्वाचन आयोगलाई बुझाएपछि आयोगले राजनीतिक दल सम्बन्धी नियमावली, २०७४ को नियम २२ को उपनियम (२) बमोजिम निज निर्वाचित भएको पद स्वतः रिक्त भएको सूचना राष्ट्रिय स्तरको दैनिक पत्रिकामा प्रकाशन गर्ने र सोही नियमको उपनियम (३) बमोजिम सूचना प्रकाशन भएपछि त्यस्ता सदस्यको पद स्वतः रिक्त हुने भनी सूचना प्रकाशन गरेपछि मेयर साह स्वत: पद मुक्त भएकि थिईन् ।

पुर्व नगर प्रमुख रिना कुमारी साह दल त्याग गरि आम जनता पार्टीमा गएको एक भिडियो प्रमाण: