काठमाडौं- नेपाल बिद्युत प्राधिकरणले गएको असोज अन्तिममा ४९ वटा उद्योगको सूची सार्वजनिक गर्दै कात्तिक ८ गते भित्र डेडिकेटेड तथा ट्रंक लाइनवापतको बक्यौता बुझाउन दिएको म्याद सकिएपछि डेडिकेटेड र ट्रंक लाइनको महसुल नबुझाउने उद्योगको लाइन काटेको छ।
उद्योगीले बक्यौता नबुझाएपछि लाइन काटिएको हो। रिलायन्स स्पिनिङ मिल्सका अध्यक्ष पवनकुमार गोल्यानका अनुसार घोराही सिमेन्ट, सोनापुर सिमेन्ट, श्याम प्लास्टिक, कसमस सिमेन्टलगायतका उद्योगमा लाइन काटिएको छ।
प्राधिकरणले बाबा जुट मिल, रघुपति जुट मिल, उदयपुर सिमेन्ट, रिलायन्स स्पिनिङ मिल्स, निगाले सिमेन्ट, अरिहन्त मल्टिफाइबर, मारुती सिमेन्टलाई २०७२ माघदेखि २०७५ वैशाखसम्मको महसुलवापतको बक्यौता बुझाउन भनेको थियो।
प्राधिकरणका अनुसार बक्यौता बुझाउन बाँकी रहेका उद्योग यी हुन्-
त्रिवेणी सिन्थेटिक, हिमाल आइरन, त्रिवेणी स्पिनिङ, जगदम्बा स्टिल, अशोक स्टिल, हुलास स्टिल, हामा आइरन, एभरेस्ट पेपर मिल, कसमस सिमेन्ट फ्याक्ट्री, युनाइटेड सिमेन्ट, शिवम् सिमेन्ट, हेटौँडा सिमेन्ट, जीबी टेक्स्टायल, नारायण रबर उद्योग, अर्घाखाँची सिमेन्ट, विशाल सिमेन्ट, शुभश्री अग्नि सिमेन्ट, एभरेस्ट रोलिङ उद्योग, विनायक स्पात, जगदम्बा सिन्थेटिक, एसआर फुड्स, घराना फुड्स, सिद्धार्थ पेटप्लास्ट, गोयन्का फुड्स, भलबारी स्वचालित कारखाना, श्याम प्लास्टिक उद्योग, इन्डस्ट्रिज, पञ्चकन्या स्टिल इन्डस्ट्रिज, एसआर स्टिल, नव नेपाल प्लास्टिक इन्डस्ट्रिज शुभलक्ष्मी पोलिमर्स, नेसनल रबर इन्डस्ट्रिज, ऐजी हेल्थ इन्डस्ट्रिज, सर्वोत्तम सिमेन्ट, बुटवल सिमेन्ट, लक्ष्मी स्टिल, सोनापुर मिनरल एन्ड आयल, घोराही सिमेन्ट, सम्राट सिमेन्ट, रोल्पा सिमेन्ट।
यी उद्योगहरूको ६ अर्ब रुपैयाँभन्दा बढी बक्यौता रहेको प्राधिकरणले जनाएको छ। उल्लिखित अवधिको आंशिक प्रिमियम रकम बुझाइसकेकाको हकमा उक्त रकम समायोजन हुने पनि प्राधिकरणले उल्लेख गरेको थियो। तर ताकेतापछि पनि बक्यौता नबुझाएपछि फेरि लाइन काट्नु परेको प्राधिकरणले उल्लेख गरेको छ।