पाठशाला न्यूज
 २०८१ माघ २६, शनिवार    

बार्सिलोना बराबरीमा रोकियो

२०८१ माघ १७, बिहीवार ०८:५६ बजे

एजेन्सी – युरोपियन च्याम्पियन्स लिगमा स्पेनिस क्लब बार्सिलोना इटालियन क्लब एट्लान्टासँग बराबरी रोकिएको छ ।

बार्सिलोनाले बुधवार एट्लान्टासँग २-२ को बराबरी खेलेको हो । बार्सिलोनाको घरेलु मैदानमा भएको खेलमा भ्रमणकारी टोलीका लागि एन्डर्सन र मारिओ पासालिकले गोल गरे । बार्सिलोनाका लागि लामिन यामल र रोनाल्ड अरौजोले गोल गरे ।

खेलमा सुरुवाती अग्रता भने घरेलु टोलीले लिएको थियो । बार्सिलोनाका लागि यामलले खेलको ४७औं मिनेटमा गोल गरेका थिए । एट्लान्टाका लागि एन्डर्सनले ६७औं मिनेटमा गोल गर्दै खेललाई बराबरीमा ल्याएका थिए ।

बार्सिलोनाका लागि रोनाल्ड अरौजोले ७२औं मिनेटमा गोल गर्दै टोलीलाई फेरी अग्रता दिलाएका थिए । तर, ७९औं मिनेटमा मारिओ पासालिकले गोल गर्दै एटलान्टालाई हारबाट जोगाएका थिए ।

बराबरीपछि पनि बार्सिलोना च्याम्पियन्स लिगको ८ खेलमा १९ अंकका साथ दोस्रो स्थानमा छ । बार्सिलोना यसअघि नै अन्तिम १६ मा स्थान बनाइसकेको छ । २१ अंकसहित लिभरपुल शीर्ष स्थानमा छ ।

समान खेलबाट १५ अंक जोडेको एट्लान्टा नवौं स्थानमा रहेको छ । एट्लान्टाले प्लेअफमा स्थान पक्का गरेको छ।