पाठशाला न्यूज
 २०८२ मंसिर २२, आइतवार    

ताप्लेजुङको सिरिजङगा-३ मा एमालेकी कुमारी सावादेन विजयी

२०८१ मंसिर १७, सोमवार ०८:१२ बजे

काठमाडौं- ताप्लेजुङको सिरिजङगा गाउँपालिका–३ सिकैचाको वडाध्यक्षमा नेकपा एमालेकी कुमारी सावादेन विजयी भएकी छिन्। माओवादी केन्द्रका अम्बि साउदेनलाई १०२ मत अन्तरले पछि पार्दै सावदेन विजयी भएकी हुन् ।

कुमारीले ३ सय ५३ मत प्राप्त गर्दा अम्बीले २ सय ५१ मत प्राप्त गरे । कुमारी र अम्बी चेली माइती पनि हुन् । नेपाली कांग्रेसका भिम लक्समले २ सय १८ मत पाए । कुमारी २०७९ को निर्वाचनमा कांग्रेसका उम्मेद्वार दिलप्रसाद बोखिमसँग ४ मत अन्तरले मात्रै पराजित भएकी थिइन् ।