पाठशाला न्यूज
 २०८१ आषाढ २३, आइतवार    

स्रोत नखुलेको छ लाख सहित एक भारतीय युवक पक्राउ

२०८१ जेष्ठ ३०, बुधवार १८:२० बजे

जलेश्वर सर्राफ 

वीरगंज- वीरगंज भन्सारको डिउटीमा रहेका सशस्त्र प्रहरी पर्साले स्रोत नखुलेको ६ लाख नेपाली रूपैया सहित एकजना भारतिय युवकलाई पक्राउ गरेको छ ।

भारतको रक्सौलबाट वीरगंज तिर आउँदै गरेका एकजनालाई स्रोत नखुलेको ६ लाख रूपैया सहित शस्त्रसीमा सुरक्षा गुल्मका खटीएको टोलीले पक्राउ गरेको हो ।

भारतको रक्सोलबाट वीरगंज तर्फ आउँदै गरेका B.06. AR 9411 नम्बर को मोटरसाइकलमा सवार बिहार जिल्ला पुर्बी चम्पारण रक्सौल वडा नम्बर ८ का राहुल कुमारलाई हेल्मेट भित्र लुकाई छिपाई बिरगंज ल्याउँदै गरेकाे ६ लाख नेपाली रुपैयाँ सहित पक्राउ गरेको सशस्त्र प्रहरी नम्बर १३ गण हेडक्वाटर पर्साले जनाएको छ।

नेपाली ६ लाख रूपैयाँ र मोटरसाइकल सहित राहुललाई नियन्त्रणमा लिएर उनलाई आवश्यक कार्यवाहिको लागि वीरगंज भन्सार कार्यालयमा बुझाईएको शसस्त्र प्रहरीका सहप्रवक्ता डीएसपी शैलेन्द्र थापाले जनाएका छन