पाठशाला न्यूज
 २०८१ बैशाख २१, शुक्रबार    

कविता- कसम

२०८१ बैशाख ८, शनिबार ११:२६ बजे

कविता 

कसम

     - उपेन्द्र सुब्बा

देउरालीमा सिन्दुरले रातै पोतिएर

फूलपातीले छयाप्पै छोपिएर

एउटा ढुंगा देउता भएर बसेको छ

देउता ढुंगा हुन् सक्छ/ढुंगा देउता पनि हुन् सक्छ

-मात्र विश्वासमा

त्यहि विश्वासमा -

निर्बलहरु बल माग्दै ढुंगा सामु माथा टेक्छन्

गरिबहरु धन माग्दै ऋण गरि बोका काटछन्

दु:खीहरु सुख माग्दै रोइ,कराई भाकल गर्छन् ..

विश्वास एति घाती छ,कि

नाथे एउटा ढुंगाले पनि यसरि मान्छेको शोषण गर्छ