पाठशाला न्यूज
 २०८१ जेष्ठ ६, आइतवार    

पहिलो दिनमा शाहरुख खानको ‘जवान’ किर्तिमान

२०८० भाद्र २२, शुक्रवार २०:२४ बजे

मुम्बई–सुपरस्टार शाहरुख खानको नयाँ चलचित्र ‘जवान’ ले पहिलो दिनमा नै रेकर्ड कमाई गरेको छ । जवानले यसअघि शाहरुखकै पठानको पहिलो दिनको कमाइलाई उछिनेको हो ।
बलिउड हङ्गामाको रिपोर्टअनुसार जवानले घरेलु बक्स अफिसमा ६५.५० करोड भारुको कमाई गरेको छ । हुन त यसअघि नै जवान सन् २०२३ को सबैभन्दा ठुलो रिलिज हुने अपेक्षा गरिएको थियो ।
यसअघि शाहरुखको पठानले पहिलो दिनमा ५७ करोड भारु कमाएको थियो भने ५ सय करोड क्लबमा प्रवेश गरेको हालैको चलचित्र गदर–२ ले ४०.१० करोड भारु कमाएको थियो ।
यो वर्ष आदिपुरुषले पहिलो दिनमा ३६ करोड भारु कमाएको थियो भने सलमान खानको किसीका भाइ किसी कि जानले १५.१८ करोडको ओपनिङ गरेको थियो । जवानले भोला, रकी ओर रानीकी प्रेम कहानी, ड्रिम गर्ल २ र ओएमजी २ जस्ता चलचित्रलाई पूरै छायामा पार्न सफल भएको छ ।
एट्लीद्वारा निर्देशित चलचित्रमा शाहरुखसँगै नयनतारा, विजय सेथुपतिलगायतको प्रमुख भूमिका रहेको छ ।