पाठशाला न्यूज
 २०८१ बैशाख ८, शनिबार    

नेबिसंघ र प्रगतिशिल संयुत्त बिद्यार्थी संगठनद्धारा उम्मेद्बारी दर्ता

२०७९ फाल्गुन २७, शनिबार १८:५७ बजे

दिपु मिश्र
चन्द्रनिगाहपुर– रौतहटको चन्द्रपुर नगरपालिका वडा नम्बर ६ मा रहेको जन ज्योति बहुमुखि क्याम्पसमा हुने स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचनका लागि नेपाल बिद्यार्थी संघ र प्रगतिशिल संयुत्त बिद्यार्थी संगठनले उम्मेद्बारी दर्ता गराएको छ ।
शनिबर त्रिभुवन विश्वविद्यालयले स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचन आगामि चैत ५ गते गर्ने कार्यतालिका सार्बजनिक गरे पछि नेपाल बिद्यार्थी संघ र प्रगतिशिल संयुत्त बिद्यार्थी संगठनले उम्मेद्बारी दर्ता गराएको हो । नेपाल बिद्यार्थी संगठनलले सभापतिमा संगम श्रेष्ठ लगायत प्रत्यक्ष तर्फ दश जनाको पुरै प्यानल सहितको उम्मेद्बारी दर्ता गराएको छ ।

उम्मेद्बारी दर्ता गर्नेमा सचिब पदमा मोहम्मद नौसाद आलम, कोषाध्यक्षमा संगिता कुमारी चौधरी,सदस्यहरुमा क्रमश बिकल कार्की, कृति घिमिरे, शैलेश कुमार पासवान,कसमिर प्रसाद दाहाल,राकेश कुमार साह, बिशाल चौधरी,जय प्रकाश बैठा रहेका छन ।निर्बाचन समितिको कार्यतालिका अनुसार उम्मेदबारी दर्ता गराएको जनज्योति बहुमुखी क्याम्पसका नेविसंघ ईकाई सभापति भिमराज अधिकारी (सुशिल) ले पाठशाला न्युजलाई जानकारी दिएको छ ।

उनले नेपाल बिद्यार्थी संघ बिद्यार्थीहरुको हकहितमा अहोरात्र कार्य गर्दै आईरहेको हुनाले स्वबियु निर्वाचनमा बिजयी पक्का हुने दाबी गरेका छन् । यता क्याम्पसमा दर्ता भएका अनेरास्वबियु,नेकपा एसको भातृ संगठन अनेरास्वबियु,नेकपा माओबादीको भातृ संगठन अनेरास्वबियु क्रान्तिकारी र नेपाल जनमत पार्टीको भातृ संगठन बिद्यार्थी जनमत बिच संयुत्त प्यानल बनाएर सभापतिमा राधेश्याम बैठा,सचिबमा दामोदर उप्रेति, कोषाध्यक्षमा अन्जना केसी, सदस्यहरुमा क्रमश गौरब सापकोटा, दिक्षा चौधरी, अभिषेक कुमार चौधरी, बिश्वास गौतम, मनिल कुमार पटेल, आशिष ठाडा, नबिन कुमार साह कानुको उम्मेदबारी दर्ता भएको अनेरास्वबियुका पुर्व केन्द्रिय सदस्य देबराज न्यौपानेले जानकारी दिएका छन् ।