पाठशाला न्यूज
 २०८२ पौष ३, बिहीवार    

मोहना नदीमा अलपत्र परेकाहरुको सशस्त्र प्रहरीद्धारा सकुशल उद्धार

२०८१ श्रावण ४, शुक्रवार १९:११ बजे

धनगढी- बर्षासँगै कैलालीको मोहना नदीमा आएको बाढिमा फसेका ५ जनाको सशस्त्र प्रहरीले सकुशल उद्धार गरेको छ ।

कैलाली जिल्लाको धनगढी उपमहानगरपालिका–१८ नोक्लिपुरबाट नदी पार गरी घाँस काट्न गएका उनीहरु सो नदिमा पानीको बहाव बढेपछि अलपत्र परेका थिए ।

उनीहरु नदिपारी अलपत्र परेको भन्ने जानकारी प्राप्त हुनासाथ सशस्त्र प्रहरी बल नेपाल बोर्डर आउट पोष्ट फुलवारीबाट खटिएको सुरक्षा फौजले र्याफ्ट बोटको प्रयोग गरी सकुशल उद्धार गरेको हो ।

यसैगरी सोही उपमहानगरपालिका–१५ स्थित कनरी गाँउमा खटिया नदिमा पानीको बहाव बढ्न गई डुवानमा परेका ७ घरपरिवारलाई सोही बिओपीबाट खटिएको सुरक्षा फौजले सुरक्षित स्थानमा सारेको छ ।