पाठशाला न्यूज
 २०८१ आषाढ २३, आइतवार    

मस्को हमलामा संलग्न रहेको आशंकामा थप ९ जना ताजिकास्तानी पक्राउ

२०८० चैत्र १७, शनिवार १०:२१ बजे

काठमाडौं-  मस्को कन्सर्ट हमलामा ९ जना ताजिकास्तानी पक्राउ परेका छन् ।  

ताजिकिस्तानको राज्य सुरक्षा सेवाले मस्को कन्सर्ट हलमा गत हप्ता बन्दुकधारीहरूले गरेको हमलाका अपराधीहरूसँग संदिग्ध सम्पर्कको लागि ९ जनालाई पक्राउ गरेको छ । 

जुन घटनामा १४४ जनाको मृत्यु भएको थियो ।

‘वख्दत जिल्लाका नौ जना बासिन्दाहरूलाई मार्च २२ मा क्रोकस सिटी हलमा आतंककारी हमला गर्ने व्यक्तिहरूसँग सम्पर्कको लागि हिरासतमा राखिएको थियो,’ आरआईए नोवोस्ती समाचार एजेन्सीले शुक्रबार भनेको छ । ताजिकिस्तानको विशेष सेवाका अनुसार ती संदिग्धहरूलाई पक्राउ गर्ने अपरेशनमा रूसी सुरक्षा बलका सिपाहीहरू पनि संलग्न रहेको थिए ।

वख्दत ताजिकको राजधानी दुशान्बेको पूर्वमा अवस्थित छ।

रिया नोवोस्तीका अनुसार गिरफ्तार गरिएका व्यक्तिहरू आईएसआईएल (आईएसआईएस) सँग सम्बन्ध रहेको आशंका गरिएको छ।

यो मस्कोको अदालतले घातक कन्सर्ट हल आक्रमणमा अर्को संदिग्ध  लुटफुल्लोई नाज्रिमादलाई अभियोग लगाएको थियो र कम्तिमा मे २२ सम्म हिरासतमा राख्नुपर्ने आदेश दिइएको छ । उनीमाथी अनुसन्धान र सुनुवाइ बाँकी नै छ।

रुसी स्वतन्त्र समाचार साइट मिडियाजोनाले नाजरीमादलाई उद्धृत गर्दै अदालतमा आफ्नो जन्म ताजिकिस्तानमा भएको बताएको छ।

नजरीमाद अदालतको सामना गर्ने नवौं संदिग्ध हुन्।

मस्कोबाट रिपोर्टिङ गर्दै अल जजीराका डोर्सा जब्बारीले २४ वर्षीय नाजरीमादमाथि आतंकवादी गतिविधि सञ्चालन गर्ने षड्यन्त्र गरेको आरोप लागेको र उनका वकिलका अनुसार उनले केही आरोपहरू स्वीकार गरेको बताए।