पाठशाला न्यूज
 २०८१ जेष्ठ ४, शुक्रवार    

स्वास्थ्यका लागि ल्वाङ अत्यन्त लाभकारी

२०८० कार्तिक १५, बुधवार ०९:५६ बजे

काठमाडौँ : ल्वाङमा थुप्रै औषधिय गुण छन् । यसको नियमित सेवनले अद्भूत फाइदा हुन्छ । यसमा थुप्रै प्रकारको पोषक तत्व पाइन्छ जो स्वास्थ्यको लागि निकै महत्वपूर्ण रहेको चिकित्सकहरु बताउँछन् ।
ल्वाङको नियमित सेवनले थुप्रै प्रकारको रोगबाट छुटकारा पाउन सकिन्छ । यसमा एन्टीअक्सीडेन्ट र एन्टीब्याक्टेरियल तत्व पाइन्छ ।
ल्वाङको सेवन लामो समयसम्म गर्नाले यसले साइनससम्बन्धी समस्यालाई धेरै हदसम्म कम गर्छ। ल्वाङको सेवन तरकारी, भात र चियामा समेत हालेर गर्न सकिन्छ। यसका साथै तातो पानीमा ३ देखि ४ चम्चासम्म ल्वाङको तेल हालेर समेत सेवन गर्न सकिन्छ । यसले स्वास लिनमा समस्या हुने व्यक्तिलाई सजिलो बनाउँछ ।
ल्वाङले इम्युनिटी बढाउन पनि मद्दत गर्छ। यसले कुनै पनि इन्फेक्शन र रुघा–खोकीबाट बच्न पनि मद्दत गर्छ । एन्टी–अक्सिडेन्ट गुणबाट भरिपूर्ण रहेको ल्वाङ इम्यूनिटी सिस्टमलाई बलियो बनाउन अति आवश्यक रहेको छ ।

ल्वाङले दाँत दुखाइबाट आराम दिन्छ । ल्वाङमा दुखाइलाई केही समयसम्म कम गर्ने शक्ति हुन्छ । दाँतको दुखाइमा ल्वाङको तेल अथवा ल्वाङको उपयोग गर्ने परम्परा पुरानै छ । एसिडिटी र अपचको समस्याबाट छुटकारा पाउनको लागि पनि ल्वाङको सेवन गर्न सकिन्छ । यसले पेटको ग्यासलाई समेत कम गर्छ । यसको सेवन ज्वानो, सोंठ र सेन्धा नुनसँग गर्न सकिन्छ ।
ल्वाङमा प्रोटीन, कार्बोहाइड्रेट, आयरन, फस्फोरस, क्याल्शियम, सोडियम, पोटाशियम र हाइड्रोक्लोरिक एसिड भरपूर मात्रामा पाइन्छ । यसको प्रयोग गर्नाले शरीरमा यी वस्तुहरुको कमीलाई पूरा गर्न सकिन्छ । यसमा फाइबर र भिटामिन ए पनि पाइन्छ जो शरीरको लागि अति आवश्यक तत्व हो ।
केही शोधहरुमा ल्वाङको सेवनले स्किन क्यान्सर र फोक्सोको क्यान्सलाई रोक्नमा सहयोगी हुने पाइएको छ । शोधका अनुसार यसमा युजेनाल तत्व हुन्छ जो क्यान्सर रोक्नका लागि सहायक हुन्छ ।