पाठशाला न्यूज
 २०८१ बैशाख १६, आईतबार    

निजगढमा विद्युत सट हुँदा आगलागी,लाखौंको क्षती

२०८० माघ १९, शुक्रबार ०९:३६ बजे

बारा : बाराको निजगढ नगरपालिका– ४ स्थित चारघरे टोलमा विद्युत सट हुँदा एक घरमा आगलागी भएको छ ।
स्थानीय हिरा तिमिल्सिनाको घरको भुई तलामा विद्युत लाईन सर्ट भई आगलागी सुरु भएको थियो ।
तिमिल्सिनाको काठको घरको मुख्य राखनधरन गरिने कोठामा रकेको बिजुली बक्सबाट विद्युत सर्ट भइ आगलागी भएको हो । आगलागीबाट तिमिल्सिनाको घरमा रहेका लत्ताकपडा, सामानहरु जल्दा अन्दाजी एक दुई लाख बराबरको क्षति भएको बताइएको छ । घटनामा मानवीय क्षति भने भएको छैन ।
आगलागी स्थानीयवासी मिलेर रातीनै नियन्त्रणमा लिएका छन ।