पाठशाला न्यूज
 २०८१ वैशाख ३१, सोमवार    

प्रभु साहलाई कार्यवाही गर्न जिल्ला प्रशासन कार्यालयमा ज्ञापनपत्र

२०८० श्रावण ९, मङ्गलवार २२:२० बजे

रौतहट–रौतहटको बिभिन्न हत्याहरुमा संलग्न आम जनता पार्टीका अध्यक्ष प्रभु साहलाई पक्राउ गरी कार्यवाही गर्न ६ दलले शक्ति प्रदर्शन गरि जिल्ला प्रशासन कार्यालय रौतहटमा ज्ञापनपत्र बुझाएका छन् ।
मंगलबार हिन्दुवादी नेता काशीनाथ तिवारी,अन्र्तराष्ट्रिय कुस्ती खेलाडी उपेन्द्र दास बैरागी, शिक्षाक सुनिल यादवको हत्यारा प्रभु साहलाई कारवाहीको मांग गर्दै ६ दलले शक्ति प्रदर्शन गरि जिल्ला प्रशासन कार्यालय रौतहटमा ज्ञापनपत्र बुझाएका हुन् ।

२०६३ चैत्र ७ गतेका दिन तत्कालीन मधेसी जनाधिकार फोरम नेपालद्वारा पूर्व निर्धारित कार्यक्रम अनुसार गौर राईस मिल्सको प्राङ्गणमा मधेसी ,आदिवासी ,जनजाति लगायतका विभिन्न जाती समुदायको अन्तरिम संविधानमा अधिकार प्राप्तिका लागि आम सभा कार्यक्रमको आह्वान गरिएको थियो ।
कार्यक्रम सुचारुरुपले संचालन भइरहदाको अवस्थामा तत्कालीन नेकपा माओवादी का भात्रृ संगठन राष्ट्रिय मधेसी मुक्ती मोर्चाका प्रभु साहको नेतृत्वमा (शान्ती प्रक्रियामा आइसकेपछि र सरकारमा सामेल भइ सके अवस्थामा)विभिन्न शिविरबाट लडाकु छापामारहरु(मधेसी मुक्ती मोर्चाका कार्यक्रम भए पनि हातहतियार सहित सभा विथोल्न पूर्व सुनियोजित षड्यन्त्र अनुसार)ल्याई सभामाथी आक्रमण गरेको थियो ।
आमजनता आक्रमण बाट मर्माहित भइ गौरबाट गाँउतिर भाग्न थाले यसै बिच ती आतंककारी जनताहरुलाई लखेट्दै गौरका विभिन्न वार्डहरुमा लगायत आसपासका गाउँ भएर कुटपिट गर्दै गर्दा त्यसको अन्यायमा आमजनताले आत्मरक्षा गर्दा दुःखद दुर्घटना हुन गयो जुन कुरा सर्वविविधै छ ।
घटनाको केही महिना पछि पीडित पक्षले आफ्नो राजनिती प्रतिशोधको आधारमा विभिन्न राजनितिक दल एवं बुद्धिजीवी सामाजिक व्यक्तिहरु माथी झुठा मुद्धा सात जनाले जिल्ला प्रहरी कार्यालय रौतहटमा मुद्धा अनुसंधान गर्न कर्तव्य ज्यान मुद्धा दर्ता गराएका थिए । हाल केही व्यक्ति र समूहले सर्वोच्च अदालतमा समेत मुद्धा अनुसन्धानका लागि उजुरी दिइसकेको अवस्थामा कानुन र अदालतलाई प्रभावित गर्न हुलतन्त्रको सहारा लिएर कार्यक्रम संचालन गरेर जिल्ला प्रशासन रौतहटमा समेत ज्ञापनपत्र दिएको स्मरण गराएको उल्लेख छ ।
सर्वोच्च अदालत र नेपाल सरकारले राजनीति प्रकृतिका मुद्धामा निर्णय आदेश अनुसार अगाडि कार्यवाही बढ्ने छ । यस परिवेशमा सामाजिक सद्भाव खलबलिने गरि द्वन्द सिर्जना गर्नुको कसैको हितमा हुने छैन । यसमा योजनाकार संघीय सांसद प्रभु साह रहेको स्मरण होस् । नेपाल सरकारले गौर राइस मिल आन्दोलनका सम्बन्धमा भएका क्षतिपूर्तिका लागि सर्वोच्च अदालतमा बहाल वाला न्यायाधीशको अध्यक्षतामा न्यायिक जाँचबुझ आयोग गठन गरि प्रतिवेदन नेपाल सरकारलाई बुझाएको थियो ।
जाचबुझ आयोग र नेपाल स्थित संयुक्त राष्ट्र संघीय मानव अधिकारी आयोगको प्रतिवेदन आधारमा नेपाल सरकारले ७ वर्ष पहिला प्रचण्ड प्रधानमन्त्री भएको बेला जनतको रक्षात्मक अधिकारबाट सहादत प्राप्त गरेका व्यक्तिहरुलाई सहित घोषणा गरि जनही दुई दुई लाख क्षतिपूर्ति दिई राजनिती रुपले घटना समाधान भएको स्मरण गराइएको छ ।
यसरी माथि उलेखित भए बमोजिमको २०६३ चैत्र ७ गतेका दिन गौर राइस मिल लगायतका ठाउँहरुमा आत्मरक्षाका लागि गरिएको प्रयासलाई झुठा मुद्धा बनाएकोले यस्तो मुद्धाको जाहेरी खारेज गर्न र नेपाल सरकार एवं प्रधानमन्त्री कार्यालयलाई ज्ञापनपत्र पठाउनुको साथै जिल्ला प्रहरी कार्यालयलाई उक्त मुद्धा तामिलीमा राख्न अनुरोध छ ।
हिन्दुवादी नेता पर्सा बिरगंज निवासी काशीनाथ तिवारीको हत्याको क्रममा समातिएका अभियुक्तहरुको ठोस वयानले प्रभु साहको प्रत्यक्ष संलग्नता देखिएको र जिल्ला प्रहरी कार्यालय पर्साको प्रतिवेदनमा समेत सांसद प्रभु साहको किटानी जाहिरी परेकोले निज प्रभु साहलाई पक्राउ गरि पून छानबिनको दायरामा ल्याउन माग गरिएको छ । सर्वपक्षीय संघर्ष समितीद्वारा श्रावन १२ गते दिन कटहरीया बजारमा अन्तरक्रिया कार्यक्रम गर्ने र श्रावन १५ गते केही व्यक्ति र समुहले रौतहट बन्दको घोषणा गरेको कुरा बुझिन आएकोले त्यस्तो कुनै बन्दको कार्यक्रम नरहेको कुरा उधमी व्यवसायी तथा सर्वसाधारणलाई जानकारी गराउन अनुरोध संयोजक रामकिशोर यादवको हस्ताक्षरित प्रेस विज्ञप्तिमा उल्लेख गरिएको छ ।
यो ज्ञापनपत्र जिल्ला प्रशासन कार्यालय रौतहटको जिल्ला प्रमुख अधिकारी धर्मेन्द्र कुमार मिश्र मार्फत प्रधानमन्त्री कार्यालय समक्ष जानकारी गराएको हो ।
रौतहटको दर्जनभन्दा बढी हत्यामा प्रत्येक्ष प्रभु साहको संलग्नता रहेको छ, पहुँचको भरमा खुल्याम बाहिर घुमिरहेका छन् तर फेरि गौर राईस मिल हत्याकाण्ड जस्तै दोस्रो घटना घटाउने प्रभु साहको जिल्लामा पुनः मनसाय रहेको सर्वपक्षीय संघर्ष समितिका नेता योगेन्द्र यादवले बताए ।
हत्यारा प्रभु साहलाई कार्वाही होस् भन्दै सदरमुकाम गौरमा विशाल प्रदर्शन ५ हजार भन्दा बढीको संख्यामा सहभागीका प्रदर्शन गौर नगरपरिक्रमा गरि अदालत चोक स्थित कोणसभामा नेपाली काङ्ग्रेस पार्टी रौतहट सभापति सुनिल कुमार यादव ,नेकपा एकिकृत समाजवादीका नेता बृजकिशोर यादव लगायतले मन्तव्य राखेका थिए ।