पाठशाला न्यूज
 २०८० आश्विन ११, बिहीबार    

चिकित्सकमाथिको कुटपिट अराजकताको पराकाष्ठा हो:साँसद लामिछाने

२०८० भाद्र २८, बिहीबार १६:३० बजे

काठमाडौं–प्रतिनिधिसभा सदस्य एवं राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले चिकित्सकमाथिको कुटपिट अराजकताको पराकाष्ठा भएको बताएका छन् । बिहीबार सामाजिक सञ्जाल ट्विटरमा उनले लापरबाही र जटिलता आम जीवनले सजिलै छुट्याउन सकिने कुरा नभएको बताउँदै कुनै पनि बहानामा चिकित्सकमाथि कुटपिट गर्नेमाथि कारबाही गर्न उनले माग गरेका छन् ।
डा विकास थापा र डा प्रशान्त विडारीमाथि सन्चो अस्पताल हेटौडामा बिरामीहरूको उपचार गरिरहेको अवस्थामा बुधबार आक्रमण भएको थियो । गत २२ साउनमा मकवानपुर सिक्रेनीका राजेश प्रधान उपचारका लागि सो अस्पतालमा भर्ना भएका थिए । ४१ वर्षीय प्रधानलाई डेंगु लगायतका समस्या भएको परिवारको आशंका थियो। अस्पतालमा जाँच गर्दा डेंगु नेगेटिभ देखिएको थियो ।
तर बिरामी पक्षलाई नेगेटिभ रिपोर्ट माथि शंका लाग्यो र उनीहरुले अन्यत्र लैजाने भनेपछि अस्पताले पनि २३ साउन अर्थात् भोलिपल्ट डिस्चार्ज गरिदियो । बिरामीपक्षले त्यहाँबाट भरतपुरस्थित चितवन मेडिकल कलेजमा लगेर उपचार गराए। तर २५ भदौमा प्रधानको मृत्यु भयो । सन्चो अस्पतालमा राम्रोसँग उपचार नगरेकै कारण बिरामी मृत्यु हुने भएको आरोप मृतकका परिवारको छ ।