पाठशाला न्यूज
 २०८१ जेष्ठ ८, मङ्गलवार    

फ्रेन्डसिप कपको फाइनलमा आज नेपाल र गुजरातको भिडन्त

२०८० चैत्र २५, आइतवार ०८:३२ बजे

काठमाडौं- भारतमा जारी फ्रेन्डसिप कपको फाइनलमा आज नेपाल र गुजरात क्रिकेट एसोसियसनको टिमबीच हुदै छ ।

गुजरातको भापिमा हुने यो खेल अपराहन्न २: ४५ बजेदेखी शुरु हुने छ ।

यसअघि लिग चरणमा नेपालले गुजरातलाई दुवै खेलमा पराजित गरेको थियो भने बरोडालाई एक खेलमा पराजित गरेको थियो भने अन्तिम खेलमा हार बेहोरेको थियो । त्यस्तै गुजरातले भने बरोडालाई दुवै खेलमा पराजित गर्दै फाइनलमा स्थान सुरक्षित गरेको थियो ।