पाठशाला न्यूज
 २०८१ जेष्ठ ८, मङ्गलवार    

आज फ्रेन्डसिप कपमा नेपाल र बरोडाबीच खेल हुदै

२०८० चैत्र २३, शुक्रवार ०७:३० बजे

काठमाडौँ : भारतमा जारी फ्रेन्डसिप कप अन्तर्गत नेपालले आज बरोडा क्रिकेट एसोसियसनको टिमसँग खेल्दै छ । फ्रेन्डसिप कपको लिग चरणको अन्तिम खेलमा आज नेपाली समय अनुसार २ः ४५ बजेदेखि यो खेल शुरु हुदै छ ।
यस फ्रेन्डसिप कपमा नेपालले यसअघि शुरुका तिनै खेल जितेर फाइनलमा पुगिसकेको छ भने गुजरात क्रिकेट एसोसियसनको टिमले बरोडालाई दुवै खेलमा पराजित गर्दै फाइनलमा पुगेको छ । बरोडाले आफ्ना यसअघिका तिनै खेलमा हार बेहोरेर बाहिरिएको छ । त्यसैले यस खेलको नतिजाले कुनै फरक नपार्ने भएको छ ।
नेपाल र गुजरात क्रिकेट एसोसियसनको टिमबीचको फाइनल खेल आइतबार हुदै छ ।