पाठशाला न्यूज
 २०८१ बैशाख २१, शुक्रबार    

सेनेगली फरवार्ड साडियो मानेको उच्च प्रदर्शनमा अल नासरको जित

२०८१ बैशाख ८, शनिबार ०७:५३ बजे

एजेन्सी – सेनेगली फरवार्ड साडियो मानेको उच्च प्रदर्शनमा अल नासरले साउदी प्रो लिगमा सानदार पूनरागमन जित निकालेको छ ।

घरेलु मैदानमा १–० ले पछि परेको स्थिति उल्ट्याएर अल फयामाथि ३–१ को सानदार पूनरागमन जित दर्ता गरेको हो । अल नासरको जितमा साडियो मानेले दुई तथा अब्दुलेह अल एम्रीले एक गोल गरे । अल फयाका फेसन सकलाको गोल सान्त्वना बन्यो ।

अल अवाल पार्कस्थित किङ साउद युनिभर्सिटी रियादमा शुक्रबार राति भएको खेलको छैटौं मिनेटमा फेसन सकलाले गोल गरेपछि अल नासर खेलमा पछि पर्यो ।

४२औं मिनेटमा पेनाल्टीको अवसर पाएपनि माने चुक्दा अल नासर खेल बराबरबिाट चुक्यो । त्यसपछि अल नासरले १० मिनेटको अन्तरमा तीन गोल गर्दै खेलमा ३–१ को अग्रता कायम गर्यो । अल नासरले बराबरी गोलको लागि ७२औं मिनेट कुर्नुपर्यो ।

७२औं मिनेटमा अब्दुलेह अल एम्रीले गोल गर्दै खेललाई १–१ गोलको बराबरीमा ल्याए । उनले एलेक्स टेलासको पासलाई सदुपयोग गरे । ७६औं मिनेटमा मानेले गोल गरेपछि अल नासरले खेलमा २–१ को अग्रता लिन सफल भयो । उनले ओटाभियोको पासमा गोल गर्न सफल भए ।

८२औं मिनेटमा मानेले व्यक्तिगत दोस्रो तथा टोलीका लागि तेस्रो गोल गर्दै अल नासरलाई पूनरागमन जित दिलाए । उनले यसपटक अब्दुल्लाह अल्खाइवारीको पासलाई सदुपयोग गरे ।

खेलको अन्त्यतिर भने पाहुना टोली अल फया १० खेलाडीमा समेटियो । ८८औं मिनेटमा फेसन सकला सिधै रातो कार्ड खाँदै मैदानबाट बाहिरिए ।

प्रतिबन्धका कारण भेट्रान फराडै क्रिष्टियानो रोनाल्डो अल फयाविरुद्ध टोलीमा थिएनन् । चोटका कारण अर्का फरवार्ड एन्डर्सन टलिस्का टोलीमा थिएनन् । तर, पनि अल नासरले पूनरागमन जित निकाल्न सफल भयो ।

यस जितले अल नासर २८ खेलबाट ६८ अंक जोडेर दोस्रो स्थानमा यथावत छ । अल नासर शीर्षस्थानको अल हिलालसँग ९ अंकले पछि छ । अल हिलालले एक खेल कम खेलेको छ । पराजित अल फया २८ खेलबाट ३५ अंक जोडेर ११औं स्थानमा छ ।

साउदी प्रो लिगकै अन्य खेलमा अल फाते एफसीले अल रेइडलाई ३–१, अल सवावले अभालाई ५–० ले तथा अल ताईले अल रियादलाई २–१ ले पराजित गरेको छ । अल तावन र अल खालिजले १–१ गोलको बराबरी खेलेका छन् ।