पाठशाला न्यूज
 २०८१ आषाढ ३, आइतवार    

इन्धन भर्ने व्यक्तिलाई पिपिईको व्यवस्था हुन्छ : मेयर बालेन

२०८१ जेष्ठ १०, बिहीवार १७:२६ बजे

काठमाडौँ : काठमाडौँ महानगरपालिकाका प्रमुख बालेन शाहले इन्धन भर्न बस्ने नोजल ब्वाइले सुरक्षाका लागि खैरो रङ्गको व्यक्तिगत सुरक्षा पोसाक\सामग्री (पिपिई) लगाउने प्रतिबद्धता कार्यान्वयनको चरणमा रहेको जानकारी दिएका छन् । उनले सामाजिक सञ्जालबाट यस्तो जानकारी दिएका हुन् ।
उनले भाडाका सवारीसाधन चालक तथा सहचालकले आफूखुसी रूपमा नोजल समाउने र इन्धन भर्ने काममा प्रतिबन्ध लगाइएको पनि जानकारी दिए ।
‘इन्धन भर्न बस्ने नोजल ब्वाइले सुरक्षाका लागि (पिपिई) लगाउने प्रतिबद्धता कार्यान्वयनको चरणमा छ,’ उनले उल्लेख गरेका छन् ।
उनका अनुसार काठमाडौँ जिल्लामा करिब १२३ वटा पेट्रोल पम्प छन् । यीमध्ये काठमाडौँ महानगरपालिकामा बागमती पेट्रोलियम डिलर्स एसोसिएसनमा दर्ता रहेका ५० वटा पेट्रोल पम्पहरू छन् ।
त्यस्तै, शाहले महानगरपालिकाभित्रका सबै पेट्रोल पम्पहरूको पहिचान पहेँलो रङ्ग सङ्केत राखिएको पनि जानकारी दिएका छन् ।