पाठशाला न्यूज
 २०८१ जेष्ठ ४, शुक्रवार    

जी–२० का पाहुनालाई भारतले सुनको प्लेटमा चाँदीको चम्चाले खाना खुवाउने

२०८० भाद्र २२, शुक्रवार ०९:१६ बजे

नयाँदिल्ली–भारतले जी–२० को शिखर सम्मेलनमा आउने पाहुनाहरूलाई सुनको जलप लगाइएको प्लेटमा चाँदीको चम्चाले खाना खुवाउने भएको छ ।
हिन्दुस्तान टाइम्सका अनुसार भारतीय आतिथ्यताको संस्कार, पाककला सभ्यताबारे विश्वका नेताहरूलाई जानकारी दिन विशेष भाँडाकुँडाको प्रबन्ध मिलाइएको हो ।
आयोजकले नयाँदिल्लीका तारे होटलसँग भएका सुन र चाँदीका भाँडाकुँडा उपलब्ध गराउन भनेको छ ।
भारतको राजधानी नयाँदिल्लीमा सेप्टेम्बर ९–१० मा जी–२० को शिखर सम्मेलन हुँदैछ । अहिले भारत जी–२० को अध्यक्ष हो ।
जी–२० को शिखर सम्मेलनमा अमेरिकी राष्ट्रपति जो बाइडेन, बेलायती प्रधानमन्त्री ऋषि सुनकलगायत नेताहरू आउँदैछन् ।
चिनियाँ राष्ट्रपति सी चिनफिङ र रूसी राष्ट्रपति भ्लादिमिर पुटिन भने नयाँदिल्ली नआउने भएका छन् ।