पाठशाला न्यूज
 २०८१ श्रावण १२, शनिवार    

क्रिकेटर शेखले धोका दिएको भन्दै ‘पूर्वप्रेमिका’ को निवेदन प्रहरीमा दर्ता भएन

२०८० भाद्र २६, मङ्गलवार ०६:२७ बजे

काठमाण्डौं–राष्ट्रिय क्रिकेट आशिफ शेखको नाम लिएर लेखिएका तीनवटा निवेदन आईतवार साँझदेखि सामाजिक सञ्जालमा भाइरल भइरहेका छन् । हस्तलिखित तीन वटै निवेदनमा कुनै पनि सरकारी निकायको छाप छैन, जसले कतै पनि दर्ता नभएको बुझ्न सकिन्छ ।
निवेदनहरुको मुन्तिर ‘निवेदक’को नाम, हस्ताक्षर, औंठाछाप र मोबाइल नम्बरसमेत उल्लेख छ । क्रिकेटरको नाम र तस्विरसहित उनीमाथि यौन दुर्व्यवहारदेखि बलात्कारसम्मको आरोप लगाउँदै स्टाटस र समाचारहरु प्रकाशित हुन थालेपछि चिन्तामा परेका छन् प्रहरी अधिकारीहरु ।
सार्वजनिक भएकामध्ये एउटा निवेदन भाद्र २४ को मितिमा ‘कालिमाटी प्रहरी चौकी’ को नाममा लेखिएको छ । निवेदनको ‘विषय’ छः श्री ‘‘ को व्यवहारसम्बन्धी बयान । निवेदनमा ‘एक युवतीलाई सम्बन्धमा हुँदा धोका दिएर मानसिक हानि पु¥याएको आरोप लागेका क्रिकेट खेलाडीका बारेमा चलिरहेको अनुसन्धानको सम्बन्धमा बयान दिन आफूले यो लेखेको’ उल्लेख छ ।
निवेदकले सन् २०२३ को जनवरीमा क्रिकेटरसँग भेट्ने र कुराकानी गर्ने मौका पाएको बताएकी छन् । आफूहरुको कुराकानीको दौरान क्रिकेटरले आफूलाई ‘सिंगल’ बताएको निवेदनमा उल्लेख छ ।

‘उनले मलाई आफ्नो एकल हैसियतको आश्वासनमात्र दिएनन्, तर मलाई भेट्न र सम्बन्ध स्थापित गर्न निरन्तर प्रयास पनि गरे । हाम्रो कुराकानीको दौरान आफू सम्बन्धमा रहेको खुलासा गरेनन् । उनको व्यवहारले उनी अरु कसैसँग संलग्न भएको संकेत पनि दिएन’, पत्रमा भनिएको छ ।
आफूलाई ‘. ले सम्पर्क गरी क्रिकेटरसँग आफ्नो सम्बन्धको विवरण खुलासा गरेको पत्रमा उल्लेख छ ।
‘यद्यपि, म स्वतन्त्र रुपमा उनको दाबीको सत्य प्रमाणित गर्न सक्दिनँ र मलाई उनले दिएको बयान सत्य हो वा होइन भन्ने कुरा थाहा छैन’, पत्रमा अगाडि लेखिएको छ, ‘मलाई यो जानकारी उपलब्ध गराउनु महत्वपूर्ण छ जस्तो लाग्यो किनभने ‘ ले मसँग सम्पर्कमा रहन खोज्दा ‘ सँग आफू पहिल्यै संलग्न भइसकेको मिस‘ को भनाइ सही हो भने यसले श्री ‘ को इमानदारी र नियतमाथि प्रश्न खडा गर्छ ।’ सार्वजनिक दोस्रो पत्र पनि भदौ २४ को मितिमा ‘कालिमाटी प्रहरी चौकी’ लाई नै सम्बोधन गरी लेखिएको छ । यो पत्रको ‘विषय’ पनि ठ्याक्कै उस्तै छ– ‘को व्यहोरासम्बन्धी जानकारी ।
यसमा पनि क्रिकेटरमाथि दिइएको उजुरीबारे थाहा पाएको उल्लेख छ । निवेदकले आफू सोल्टीमोडको ‘हायत प्यालेस’ मा इन्टर्न गर्दा क्रिकेटरसँग चिनजान भएको तथा सोसल मिडियामा बोलचाल हुन थालेको जनाएकी छन् ।

‘म त्यहाँ कार्यरत छँदा मलाई झुक्यानमा पारी गौशालास्थित ‘. प्लाजामा लगी अनुचित प्रभावमा पारी शारीरिक सम्पर्क राखेको थियो । त्यसपश्चात मसँग विस्तारै सम्पर्कविहीन भयो र फेरि ५–६ महिनापछि मसँग फेरि सोसल मिडियामा बोल्न खोजी मसँग ‘क्याफेमा भेटी फेरि अनुचित प्रभावमा पार्न खोजेको थयो । विस्तारै उसको चरित्र यही प्रकारको छ भन्ने जानकारी पाएँ र निवेदनसाथ उपस्थित भएको छु ।’
निवेदनको थप व्यहोरा छ– ‘मसँग क्रिकेटर ‘ ले असुरक्षित यौन सम्पर्क राखी मलाई अर्को महिनासम्म महिनावारी नआउँदा दिनसम्म म मानसिक तनाव झेलिरहेको र महिला भएको कारण म त्यो खुलाउन सकेको थिइनँ । तर, ‘.ले दिएको उजुरी थाहा पाएपछि मभित्र पनि हिम्मत आयो र आज म निवेदन साथ यस प्रहरी परिसरमा उपस्थित भएको छु ।’
तेस्रो पत्र भदौ २३ को मितिमा छ र ‘कालीमाटी प्रहरी चौकी’ लाई नै सम्बोधन गरिएको छ । यसको विषय पनि उही छ– ‘‘ को व्यहोरासम्बन्धी जानकारी सम्बन्धमा ।’ यसमा पनि क्रिकेटरमाथि उजुरीबारे थाहा पाएको उल्लेख छ । निवेदकले २०७९ सालको चैत महिनामा आफ्नो क्रिकेटरसँग सामाजिक सञ्जालबाट चिनजान भएको उल्लेख गरेकी छन् । ‘पहिलो संवादमै मलाई भेट्न बोलाइराख्दा म गएको थिइनँ । त्यसपश्चात मलाई ललाइफकाइ अनुचित प्रभावमा पारी भेट गर्न खोज्यो र सम्पर्कमा राख्न पनि खोज्यो । साथसाथै मलाई रेस्टुरेन्टमा लगी किस गरेको र नराम्रोसँग छोएको थियो । नेपालको गेम चलिराख्दा मलाई फेमिली भीआईपी पास पठाइ गेम हेर्न बोलाएको थियो । त्यसपछि आफ्नो परिवार बस्ने घरमा लगी आफ्नो घर–परिवारसँग चिनजान गराएको थियो ।’
विस्तारै सम्बन्ध रहँदै जाँदा आफू जस्तै ४–५ जना केटीसँग सम्बन्ध राखेको थाहा पाएको उल्लेख छ । पत्रमा आफूसँग प्रमाणका रुपमा कल रेकर्डिङ, म्याच हेर्ने भीआईपी पास र कुरा गरेको च्याटको प्रतिलिपि रहेको जनाइएको छ । यी तीनवटै पत्रको आधिकारिकता अहिलेसम्म पुष्टि हुन सकेको छैन । पत्रमा उल्लेख भएका फोन नम्बरहरुमा हामीले सम्पर्क प्रयास ग¥यौं । दुई वटा नम्बरमा फोन उठेन । एउटा नम्बरमा महिलाले फोन रिसिभ गरे पनि निवेदनको विषयमा आफूलाई कुनै जानकारी नरहेको र सम्बन्धित क्रिकेट खेलाडीलाई नचिन्ने बताइयो । ट्रु कलरमा हेर्दा तीनमध्ये एउटा नम्बर निवेदकको नामसँग मिल्दोजुल्दो देखियो । अर्को नम्बरमा ‘भाँडा पसल’ लेखिएको पाइयो ।
तीन वटै निवेदनमा ‘कालीमाटी प्रहरी चौकी’ (गलत नाम) लेखिनु, विषय एउटै हुनु र दुई वटा निवेदनमा अक्षर पनि उस्तै हुनुले एकै व्यक्तिले लेखेको आशंका गर्न सकिन्छ । कुनै पनि उजुरीमा क्रिकेटरमाथि बलात्कारको आरोप भने लगाइएको छैन । केवल उनको चरित्रमाथि औंला उठाइएको छ । अब यसको पृष्ठभूमिमा जाउँ । सुरुमा एक युवती क्रिकेटरविरुद्ध उजुरी लिएर कालिमाटी प्रहरीमा पुगेकी थिइन् । उनको ठाडो उजुरी कालीमाटी महिला सेलमा गत १५ गते दर्ता भएको प्रहरी स्रोतले बतायो । उनको उजुरी भने कतै पनि सार्वजनिक भएको छैन ।
उक्त उजुरी पनि बलात्कारसँग सम्बन्धित भने थिएन । प्रहरी स्रोतका अनुसार ती युवतीले आफू क्रिकेटरसँग लामो समय प्रेममा रहेको र शारीरिक सम्बन्धसमेत कायम भएको जनाएकी छन् । ‘उजुरीमा उनीहरुबीचका सामान्य असमझदारीका विषयमात्र छन्, कुनै गम्भीर आरोप लगाइएको छैन’, स्रोतले भन्यो । क्रिकेटरले आफूलाई प्रेममा धोका दिएको भन्दै भेट्टाएर छलफल गराइदिन युवतीले आग्रह गरेकी थिइन् । उनको आशय क्रिकेटरले आफूसँग विवाह गर्नुपर्छ भन्ने थियो ।
युवतीले प्रहरीमा उजुरी दिनुअघि क्रिकेटरलाई यसको जनाउसमेत दिएकी थिइन् । उनले ‘सन्दीपलाई जस्तै फँसाइदिने’ धम्की दिएपछि क्रिकेटर आफैं प्रहरीमा पुगेर छलफल गरेका थिए । यो उनी पाकिस्तान जानुभन्दा एक–दुई दिन अगाडिको कुरा हो ।
‘आफूलाई जाहेरी दिएर जेल हालिदिने धम्की दिइएकाले केही अप्ठेरो पर्छ कि भनेर बुझ्न आउनुभएको थियो’, प्रहरी स्रोतले भन्यो ।
उजुरी दिने ‘पूर्वप्रेमिका’ हिजो सोमवार पनि प्रहरीमा पुगेकी छन् । उनलाई प्रहरीले बोलाएको हो वा आफैं गएकी हुन् भन्ने खुल्न सकेन । स्रोतका अनुसार उनले सामाजिक सञ्जालमा आएका निवेदनहरुबारे आफूलाई जानकारी रहेको र ती ‘निवेदक’ सँग आफू सम्पर्कमा समेत रहेको बताएकी छिन् ।

‘मेरो विवाद मिल्यो भने उनीहरुको पनि मिल्छ’, उनको भनाइ उद्धृत गर्दै स्रोतले भन्यो । सामाजिक सञ्जालमा भाइरल भएका निवेदनहरु भने प्रहरीमा आइनपुगेको स्रोतको दाबी छ । प्रहरीमा दर्ता नभएका निवेदन सामाजिक सञ्जालमा छताछुल्ल भएकोमा प्रहरी अधिकारीले आश्चर्य व्यक्त गरेका छन् ।
‘प्रहरीसम्म आइनपुगेका निवेदनहरु किन सोसल मिडियामा सार्वजनिक गरिए ? हामी पनि बाहिर आएका विषयलाई नजिकबाट हेरिरहेका छौं’, महिला सेलका एक अधिकारी भन्छन् । निवेदकबाहेकका व्यक्तिले विभिन्न स्वार्थवस बाहिर ल्याएको हुनसक्ने प्रहरीको अनुमान छ । काठमाडौं प्रहरी परिसरका प्रवक्ता कुमोध ढुंगेलले कुनै पनि क्रिकेटरविरुद्ध कसैले जाहेरी दिएको आफूलाई जानकारी नभएको बताए । ‘अहिलेसम्म कुनै क्रिकेटरविरुद्ध त्यस किसिमको जाहेरी परेको छैन’, एसपी ढुंगेलले भने । नेपाल प्रेस अनलाईनमा समाचार छ ।