पाठशाला न्यूज
 २०८१ बैशाख १४, शुक्रबार    

पहिलो तीव्र गतिको ट्रेन

२०७९ भाद्र २१, मंगलबार १३:३० बजे

यो ‘सांघाई म्याग्लेभ’ हो। जसलाई ‘सांघाई ट्रान्सर्‍यापिड’ पनि भनिन्छ। यो एक चुम्बकीय लेभिटेसन ट्रेन लाइन हो। जुन चीनको सांघाईमा सञ्चालित छ।

यो अहिलेसम्म सञ्चालनमा रहेको सबैभन्दा पुरानो व्यावसायिक म्याग्लेभ हो। म्याग्लेभ विश्वको सबैभन्दा तीव्र गतिको पहिलो व्यावसायिक विद्युतीय रेल पनि हो। १२ नोभेम्बर २००३ मा गैर व्यावसायिक परीक्षणका बेला यसले ५०३ किलोमिटर प्रतिघन्टाको गति लिएर विश्व रेकर्ड कायम गर्‍यो।

जुन जोनाथन टेक्सिएराले चलाएका थिए। ट्रेनको लम्बाइ ५०२ फुट, चौडाइ १२ फुट र उचाइ १४ फुट रहेको छ। यात्रुका लागि तीनवटा श्रेणी छन्। जसमा ५ सय ७४ जना यात्रु क्षमता छ। यो ट्रेन लाइन सन् २००१ अप्रिलमा बनाउन सुरु गरेर २००३ नोभेम्बरमा सकिएको थियो।