पाठशाला न्यूज
 २०८० चैत्र १६, शुक्रबार    

चन्द्रपुरमा सेनाको स्वास्थ्य शिविर सम्पन्न

२०८० बैशाख १७, आईतबार ११:२० बजे

चन्द्रनिगापुर–रौतहटको चन्द्रनिगाहपुरमा नेपाली सेनाको आयोजनामा सम्पन्न गरिएको स्वास्थ्य शिविरमा ७ सय १४ जनाले निशुल्क रुपमा उपचार पाएका छन् ।
नेपाली सेना वीर दल गण रौतहटले आयोजना गरेको स्वास्थ्य शिविरमा उनीहरुले निशुल्क रुपमा उपचार पाएका हुन् ।
चन्द्रपुर नगरपालिका वडा नम्बर ८ स्थित शिवशक्ति आधारभूत विदालय मोतिपुरमा भएको स्वास्थ्य शिविरमा जिल्लाका उतरी भेगका विभिन्न रोगका बिरामीको निशुल्क उपचार तथा आवश्यक औषधि वितरण गरिएको हो । शिविरमा ५६ जना बालबालिका, ५९ महिला, २सय ९६ आ“खा रोगी, र २ सय ३ जना जनरल ओपिडीका बिरामी गरि ७ सय १४ जनालाई उपचार गरिएको नेपाली सेना वीर दल गण रौतहटका गणपति प्रमुख सेनानी गंगाबहादुर बिष्टले जानकारी दिए । शिविरको उदघाटनको अवसरमा नेपाली सेनाको २८ नम्बर वाहिनीपति सानुकाजी थापा,चन्द्रपुर नगरपालिकाका प्रमुख सञ्जयकुमार काप्ले, प्रमुख जिल्ला अधिकारी धर्मेन्द्रकुमार मिश्र ,प्रहरी उपरीक्षक वीरबहादुर बुढामगर, सशस्त्र प्रहरी उपरीक्षक माधव घिमिरे, राष्ट्रिय अनुषन्धानका प्रहरी उपरीक्षक चन्दन झा सहितका कार्यालय प्रमुख तथा स्थानीय जनप्रतिनिधिको उपस्थिति रहेको गणपति बिष्टले बताए ।
विहान ०७ बजे देखि शिविर सुरु भई साझ ०५ बजे सम्म सञ्चालन भएको थियो । सो स्वास्थ्य शिविरमा चन्द्रपुर नगरपालिका, प्रादेशिक अस्पताल गौर, रेडक्रस सोसाइटी, औषधी व्यवसायी संघ, प्रभु बैक, ग्रामीण विकास केन्द्र सहितका सहयोग रहेको गणपति प्रमुख सेनानी विष्टले बताए ।