पाठशाला न्यूज
 २०८१ आषाढ २१, शुक्रवार    

एकीकृत समाजवादीको सचिवालय र स्थायी कमिटी बैठक बस्दै

२०८१ वैशाख २९, शनिवार ०८:५२ बजे

काठमाडौं : नेकपा एकीकृत समाजवादी पार्टीको सचिवालय र स्थायी कमिटी बैठक शनिबार बस्दैछ । सचिवालय बैठक बिहान साढे १० र स्थायी कमिटी बैठक साढे ११ बजे बस्ने उपाध्यक्ष राजेन्द्र पाण्डेले जानकारी दिए ।
बैठकमा पार्टीको दशौं महाधिवेशन र समसामयिक राजनीतिबारे छलफल हुने पाण्डेले बताए । उनका अनुसार केन्द्रीय सचिवालय बैठकमा स्थायी कमिटी बैठकको सञ्चालन र एजेण्डाबारे छलफल हुनेछ । स्थायी कमिटी बैठकमा आसन्न महाधिवेशनमा प्रस्तुत गरिने राजनीतिक दस्तावेज, विधान र सांगठनिक दस्तावेजमा छलफल हुने पाण्डेले बताए ।
एकीकृत समाजवादीले असार १० देखि १६ गतेसम्म काठमाडौंमा महाधिवेशनको तयारी गरेको छ । स्थायी समितिका निर्णयबारे थप छलफल गर्न भोलि पोलिटब्युरो बैठक बोलाइएको छ ।

दुवै कमिटीबाट आएका सुझाव संकलन गरेर केन्द्रीय कमिटी बैठकमा पेश गरी साझा धारणा बनाउन लागिएको उपाध्यक्ष पाण्डेले जानकारी दिए ।
केन्द्रीय कमिटी बैठक वैैशाख ३१ र जेठ १ गते बस्ने एकीकृत समाजवादीले जनाएको छ । बैठकले प्रदेश, क्षेत्र र भूगोलको सन्तुलन मिलाएर प्रतिनिधि छनोटका कार्यविधि र संगठन विस्तार तथा पार्टी आधारभूत तहसम्म स्थापित गर्न आवश्यक कार्ययोजनाबारे छलफल गर्ने जनाइएको छ ।
प्रचार विभाग प्रमुख जगन्नाथ खतिवडाका अनुसार देशभर सांठनिक अवस्था, जनवर्गीय संगठनको कार्य प्रगतिको समीक्षा गरिने बैठकमा सुशासन, जनजीविका, समसामयिक राजनीतिक विषयमा पनि छलफल हुनेछ ।