पाठशाला न्यूज
 २०८१ आश्विन ३, बिहीवार    

रुसी कलाकारलाई युद्ध विरोधी प्रदर्शन गरेको भन्दै ७ वर्षको जेल सजाय सुनाइयो

२०८० मंसिर १, शुक्रवार ००:०५ बजे

रुस : एक रूसी अदालतले सेन्ट पिटर्सबर्गका एक कलाकारलाई सुपरमार्केटमा मूल्य ट्यागहरू प्रतिस्थापन गरी युद्ध विरोधी सन्देशहरू टाँसेर “रुसी सेनाको बारेमा जानीजानी गलत जानकारी फैलाएको“ अभियोगमा दोषी ठहर गरी बिहीबार सात वर्षको लागि जेल सजाय गरेको छ। कलाकार, संगीतकार तथा कार्यकर्ता अलेक्सान्ड्रा “साशा“ स्कोचिलेन्कोलाई रुसी सेनाको बारेमा गलत सूचना फैलाएको अभियोग लगाइएको थियो । ३३ वर्षीया स्कोचिलेन्कोले आफ्नो अन्तिम बयान दिएपछि सेन्ट पिटर्सबर्गमा उनी बिरुद्ध फैसला सुनाएको हो । जहाँ उनले न्यायाधीशलाई आफु एक शान्तिवादी भएको र मानव जीवनलाई सबै भन्दा माथि राखेर मूल्यवान सोच्ने बिताएकी थिइन्। स्कोचिलेन्कोलाई सात वर्षको जेल सजायको अतिरिक्त अर्को तीन वर्षसम्म इन्टरनेट प्रयोग गर्न पनि प्रतिबन्ध लगाइएको छ । उनी बिरुद्ध सरकारी वकिलले आठ वर्षको जेल सजाय माग गरेका थिए । फैसला पछि विपक्षी राजनीतिज्ञ बोरिस विस्नेभस्कीले निर्णयको निन्दा गरेका छन्। स्कोचिलेन्कोले यसअघि नै डेढ वर्ष जेलमा बिताइसकेकी छिन्। उनले गत मार्च २०२२ मा सुपरमार्केटका मूल्य ट्यागहरू हटाएर युक्रेनमा मस्कोको युद्धको अन्त्य गर्न आग्रह गर्दै साथमा अधिकारीहरूको आलोचना गरी कागजका टुक्राहरूले प्रतिस्थापन गरेको आरोपलाई स्वीकार गरेकी थिईन् । तर उनले सेनाको बारेमा जानीजानी गलत सूचना फैलाएको औपचारिक आरोप अस्वीकार गरेकी थिइन् । स्कोचिलेन्कोका वकिलहरूले भने अदालतलाई उनीहरूको क्लाइन्टले कुनै अपराध नगरेको दाबी गरेका थिए ।

आलोचकहरूले यो मुद्दालाई युक्रेनमा रुसको “विशेष सैन्य कारबाही“ विरुद्ध बोल्ने जो कोहीमाथि कारबाहीको एक हिस्सा भएको बताएका छन्।

३३ वर्षीया स्कोचिलेन्कोले बिहीबार अदालतमा अन्तिम बयान दिंदै राज्य र सार्वजनिक सुरक्षा कागजका पाँच टुक्राहरूद्वारा तल झार्न सकिन्छ? भन्दै प्रश्न गरी मुद्दाका अभियोजकहरुको विश्वास कति कमजोर रहेछ भनि व्यङ्ग्य समेत गरेकी थिईन्।