पाठशाला न्यूज
 २०८१ जेष्ठ ६, आइतवार    

सर्वोच्च अदालतद्वारा न्यायाधीश भुवन गिरीलाई पुर्पक्षका लागि थुनामा राख्न आदेश

२०८० चैत्र २१, बुधवार १७:३३ बजे

काठमाडौं- बुधबार सर्वोच्चका न्यायाधीश हरिप्रसाद फुयाल र तिलप्रसाद श्रेष्ठको इजलासले न्यायाधीश भुवन गिरीलाई पुर्पक्षका लागि थुनामा राख्ने आदेश दिएको छ ।

यसअघि उच्च अदालतले गरेको आदेश बदर गर्दै सर्वोच्चले गिरीलाई थुनामा पठाउने आदेश दिएको हो ।

सर्वोच्च भित्र सुनवाई चलिरहदा न्यायाधीश भुवन गिरीकी श्रीमती आरतीले शंकास्पद वस्तु सेवन गरेकी थिइन। 

लगत्तै उनलाई उपचारका लागि वीर अस्पताल लागिएको थियो। अहिले उनको अवस्था भने समान्य रहेको बताइएको छ।

आरतीले श्रीमानले वैवाहिक बलात्कारको आरोप लगाउँदै जिल्ला, उच्च हुदै सर्वोच्चमा पुगेकी हुन् । गत वर्षको २८ चैतमा न्यायाधीश गिरीलाई काठमाडौंबाट पक्राउ गरेर कपिलवस्तु लगिएको थियो । पछि उनी धरौटीमा रिहा भएका थिए । उनले आफूमाथि बलात्कार भएको दाबी गर्दै आफ्नै श्रीमानविरुद्ध जाहेरी दिएकी थिइन् ।