पाठशाला न्यूज
 २०८१ जेष्ठ ६, आइतवार    

लापोर्टेको निर्णायक गोलमा अल नासर विजयी

२०८० चैत्र २४, शनिवार ०७:३१ बजे

काठमाडौं-  साउदी प्रो लिग अन्तर्गत अल नासरले डामकलाई पराजित गरेको छ । गएराती सम्पन्न खेलमा अल नासरले डामकलाई १-० गोल अन्तरले पराजित गरेको हो ।

अल नासरको जितमा खेलको ९१औ मिनेटमा आयमेरिक लापोर्टेले निर्णायक गोल गरेका थिए । यस अघि लगातार दुई खेलमा ह्याट्रिक गरेका क्रिस्टियानो रोनाल्डो यस खेलमा सब्सटिच्यूटको रुपमा मैदानमा आएका थिए ।

यो जितपछि अल नासरको २७ खेलमा ६५ अंक भएको छ र शिर्ष स्थानमा रहेको अल हिलालभन्दा १२ अंकले पछाडी रहेको छ ।

त्यसैगरी डामकको भने २७ खेलमा ३५ अंक रहेको छ र लिगमा आठौँ स्थानमा छ ।