काठमाण्डौं- छठ पर्वको तेस्रो तथा मुख्य दिन आइतबार सूर्यको पूजा आराधना गरिएको छ ।
आइतबार समग्र मधेश लगायत काठमाडौं उपत्यका सहित देशका धेरै जिल्लामा मधेशी समुदायले जलाशयमा पुगी अस्ताउँदो सूर्यको पूजा आराधना गरी अर्घ्य दिएका छन् । काठमाडौं उपत्यकामा मधेशी समुदायले बागमतीमा गौरीघाट, थापाथली, कमलपोखरी, ललितपुर महालक्ष्मीको बोजेपोखरी, भक्तपुरको कमलविनायक स्थित कमलपोखरीमा छठघाट बनाइएको छ ।
छठका लागि नदी, खोला, पोखरीमा पूजा सामग्रीले सजाउने र पूजा गर्ने गरिन्छ । आज अस्ताउँदो सूर्यको पूजा गरेको ठाउँबाट सोमबार बिहान उदाउँदो सूर्यलाई अर्घ्य दिएपछि छठ पर्व समापन हुनेछ ।