पाठशाला न्यूज
 २०८१ बैशाख १८, मंगलबार    

पोखरा महानगरपालिकाका इन्जिनियर बराल पक्राउ

२०८१ बैशाख ५, बुधबार ११:५० बजे

काठमाडौं- पोखरा महानगरपालिकाको इन्जिनियर शिवराज बराललाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले मंगलबार साँझ पक्राउ गरेको छ।

घर निर्माण सम्पन्न भएको प्रमाणपत्र दिने क्रममा घुस लिएको आरोपमा उनलाई पक्राउ गरेको अख्तियारको केन्द्रीय कार्यालय टंगालका सूचना अधिकारी जगदीश शिवाकोटीले जानकारी दिएका छन् ।

यसअघि गत चैत २८ गते घर निर्माणको घर नक्सा प्रमाणपत्र दिने क्रममा सब–इन्जिनियर उषाकिरण रोकाया र गोदार इन्जिनियरिङ कन्सल्टेन्सी सेवाका सुरज कुँवरलाई अख्तियारले पक्राउ गरेको थियो । उनीहरू १ लाख ५० हजार रुपैयाँ घुससहित रंगेहात पक्राउ परेका थिए ।

सोही प्रकरणमा बराललाई पक्राउ गरी  उनीहरूले एउटै काममा पटक–पटक घुस लिएको खुलेको अख्तियारले जनाएको छ ।