पाठशाला न्यूज
 २०८१ माघ २६, शनिवार    

पूर्वमन्त्री मनाङ्गे ज्यान मार्ने उद्योगमा सर्वोच्च अदालतबाट पनि दोषी ठहर

२०८१ कार्तिक २०, मङ्गलवार १९:०७ बजे

काठमाडौं- गण्डकी प्रदेशसभा सदस्य दीपक मनाङेलाई सर्वोच्च अदालतले ज्यान मार्ने उद्योगमा दोषी ठहर गरेको छ । मंगलवार न्यायाधीशद्वय नहकुल सुवेदी र टेकप्रसाद ढुंगानाको इजलासले मनाङेविरुद्ध ज्यान मार्ने उद्योगमा यसअघि उच्च अदालत पाटनबाट भएको फैसलालाई सदर गरेको हो ।

०७८ मा उच्च अदालत पाटनले ज्यान मार्ने उद्योगमा मनाङेलाई पाँच वर्ष कैद सजाय सुनाएको थियो । तर, उनी उच्च अदालतको फैसलाविरुद्ध सर्वोच्च गएका थिए ।

गण्डकी प्रदेशका पूर्व भौतिक पूर्वाधार र खेलकुद मन्त्री रहेका मनाङेले केहि समय अघि बनेको गठबन्धनमा रोजेको मन्त्रालय नपाएपछि उनी मन्त्रीमण्डलमा सभागी भएका थिएनन् ।