पाठशाला न्यूज
 २०८१ बैशाख १५, शनिबार    

सरकार किन तिर्दैन निर्माण व्यवसायीको रकम– सीईओ खड्का

२०८० जेठ १५, सोमबार २२:१५ बजे

दिपु मिश्र
काठमाण्डौं–निर्माण व्यवसायीको तिर्नुपर्ने रकम सरकारले नतिरेको कारण अन्य क्षेत्रमा यस्को नकारात्मक प्रभाव देखिन थालेको छ ।
निर्माण व्यवसायीहरूले २०७९ पुसदेखि काम सकेर भुक्तानीका लागि पठाइएको बिलको भुक्तानी नभएको कारण अन्य क्षेत्रमा यसको नकारात्मक प्रभाव देखिन थालेको हो । सरकारलेनै काम गरेको रकम उपलब्ध नगराएपछि हामी थप काम गर्न समस्यामा परिरहेको बिजी ग्रुपका सीईओ सहदेव खड्काले पाठशाला न्युजलाई जानकारी दिनुभएको छ । बिजी ग्रुपको हकमा सकारेका ठेक्काहरु तोकिएको समय अगाबै निमार्ण कार्य सम्पन्न गर्दा समेत सरकारले रकम भुक्तानी नगरेको देखिन्छ ।
नेपाल निर्माण व्यवसायी महासंघको तथ्यांकअनुसार अहिले केन्द्र, प्रदेश र स्थानीय तहको सरकारले दिनुपर्ने ६० अर्ब रूपैयाँ भुक्तानी रोकिएको निमार्ण व्यवसायी खड्काले बताउनु भएको छ । यसरी हेर्दा सरकारले निर्माण व्यवसायीको पाउनुपर्ने भुक्तानी रकम रोकेको देखिन्छ । पैसाको चक्र सबैतर्फ फैलिएको हुन्छ । व्यवसायीले उधारोमा पनि सामान लिएका हुन्छन् । बैंकबाट लिएको ऋण निर्माण व्यवसायीले समयमा तिर्न नसक्दा बैंकको खराब कर्जा पनि बढ्ने स्थिती रहन्छ, यसो हुँदा पैसाको चक्रमा खराब सम्बन्ध निर्माण हुँदै जान्छ जस्को कारण बजार, व्यवसायी, ऋण लगानीकर्ता र यससँग सम्बन्धित सबै प्रणाली भत्किन्छ र सम्बन्धहरुमा विश्वास हराउँछ ।
उहाले भन्नुभयो यसो भयो भने विकास निमार्ण कार्य एक दिन गएर ठप्प हुने अवस्था आउन सक्छ । विकास निर्माण कार्यले गति लिन सक्दैन । समग्रमा सरकारले निर्माण व्यवसायीको भुक्तानी रोक्दा यसको दुष्परिणाम सबैले भोग्नु पर्ने हुन्छ । व्यवसायीहरुलाई जानी जानी धरासायी बनाएर सरकारले देश निर्माणमा गति लिन सम्भव छैन ।