पाठशाला न्यूज
 २०८१ आषाढ २३, आइतवार    

म्यानचेस्टर सिटीले जित्यो लगातार चौथो पटक इंग्लिश प्रिमियर लिगको उपाधि

२०८१ जेष्ठ ७, सोमवार ०६:२९ बजे

एजेन्सी – म्यानचेस्टर सिटीले लगातार चौथो पटक इंग्लिश प्रिमियर लिगको उपाधि जितेको छ । 

लिगको अन्तिम खेलमा वेस्ट ह्याम माथि ३-१ को जित निकालेर आर्सनललाई २ अंकले पछि पार्दै सिटीले कीर्तिमानी लिग उपाधि जितेको हो ।

इंग्लिश फुटबल इतिहासमा कुनै पनि टिमले लगातार चार पटक लिग उपाधि जितेको यो पहिलो पटक हो । यसअघि हडर्सफिल्ड टाउन, आर्सनल, लिभरपुल, म्यानचेस्टर युनाइटेड र सिटी सहित ५ टोलीले लगातार ३ पटक इंग्लिश शीर्ष डिभिजनको उपाधि उचालेका थिए । तर लगातार चार पटक एउटै टोलीले लिग उपाधि जितेको यो इतिहासमा पहिलो पटक हो ।

अन्तिम खेल अघि सिटी आर्सनलभन्दा सिटी २ अंकले अघि थियो । सिटीले लिग उपाधि गुमाउन जित बाहेकको नतिजा ल्याउँदै आर्सनलले आफ्नो खेल जित्नु पर्ने थियो । तर सिटी भने चुकेन । आर्सनले भने एभर्टन विरुद्ध २-१ को जित निकालेपनि उपाधिका लागि पर्याप्त भएन ।