पाठशाला न्यूज
 २०८० चैत्र १६, शुक्रबार    

इलामको पाथीभरा मन्दिरमा चढाएको भेटीमै अनियमितताको आशंका

२०८० जेठ १९, शुक्रबार १७:२० बजे

इलाम–रोगाउँपालिकाले पाथीभरा मन्दिरको पुरानो समिति हिसाब नियन्त्रणमा लिएर अनुसन्धान गर्न जिल्ला प्रशासनलाई पत्रचार गर्ने निर्णय गरेको छ । गाउँपालिकामा बसेको सर्बदलीय बैठकको सुझावको आधारमा जिल्ला जिल्ला प्रशासन कार्यालय इलामलाई पत्रचार पत्राचार गर्ने निर्णय भएको हो ।रोङगाउपालिका वडा नम्बर ३ मा अवस्थित पाथीभरा मन्दिरको ब्यवस्थापन गर्न पाथिभरा संरक्षण तथा ब्यवस्थापन ऐन २०७९ जारी गरी बिकास समिति मार्फत २०७९ फागुन १ गतेबाट गाउँपालिकाले ब्यवस्थापन सुरु गरेको हो थियो ।
नयाँ समितिको सक्रियतामा संकलित उच्च आम्दानीपछि पुरानो पाथिभरा संरक्षण संस्थाको आय ब्यय सार्बजनिक गर्न स्थानीयले गाउँपालिकालाई दवाव दिने गरको गाउँपालिका अध्यक्ष मनिकुमार स्याङ्बोले बताए । पाँच बर्षबाट आयब्यय सार्बजनिक नगरी पाथीभरा संरक्षण संस्थाले अनियमिता गरेको स्थानियको आरोप छ ।
जिल्ला प्रशासन कार्यलय इलामको सहकार्यमा पुरानो समितिको विवरण सार्बजनिक गराउन गाउँपालिका र राजनीतिक दलको प्रयासमा सार्बजनिक सुनवाई गत जेठ १४ गते तोकिएता पनि उक्त कार्यक्रम हुन नसकेको बताइएको छ ।स्वतन्त्र लेखा परीक्षकले समयमा सबै कागजात प्राप्त गर्न नसकेका कारण प्रतिबेदन तयार हुन नसकेको बताइएको छ । यता गाउँपालिका अध्यक्ष मणिकुमारले पुरानो समितिले आवश्यकता र सहजताको आधारमा कहिले संस्था जिल्ला प्रशासनमा संस्था दर्ता ऐन २०३४ बमोजिम दर्ता भएको भन्ने त कहिले रोङगाउँपालिकाले तयार गरेको कानुन पाथीभरा क्षेत्र बिकास कोष तथा ब्यवस्थापन कार्यबिधि ९२०७५ अनुसार गठित समिति भन्ने गरेको बताएका छन् ।

जुन कानुन मार्फत गठित भएता पनि दुबै कानुन र आफ्नै बिधान अनुसार समेत संस्था नचलेको हुनाले सो को समेत तत्काल कुन कानुनी धरातल अनुसार गठित समिति हो जवाफको लागि पत्रचार गरिएको अध्यक्ष मणिकुमारको भनाई छ । गैरसरकारी सस्थाले सरकारलाई सहयोग गर्नु पर्ने ठाउमा उल्टै सिङ्ग जुधाएर बस्नु राम्रो होइन अध्यष मणिकुमारले भने अब कडाईका साथ सर्बदलिय बैठकको निर्णय अनुसार अनुसन्धान गराउन सम्बन्धित निकायमा पहल गर्ने छौ ।
कानुन भन्दा माथि कोही ब्यक्ति ,संस्था हुदैन, गलत गर्ने संस्थाको संरक्षण गर्ने जो कोहिको गतिबिधि अब जनता सामु सार्बजनिक गर्दै जनतालाई सुसुचित गर्छौ ।

हिजो जुन गतिबिधि संस्थाको तर्फबाट भयो यो कानुनको खिल्ली उडाएको हो ।हिसाब नदेखाउनु,बिगत ५ बर्ष देखि नवीकरण नहुनु, सार्वजनिक सुनुवाई नहुनु,नयाँ समितिले १०० दिनमा ६६ लाख संकलन गर्नु र उक्त सस्थाको सम्पूर्ण विवरण लेखा परिक्षक मार्फत बुझ्दा केही शंका उब्जनु स्वभाबिक हो अध्यक्ष मणिकुमारले भने अब सबै हिसाव खोजी हुन्छ तर यसको ढाकछोपमा कोही जनप्रतिनिधि , प्रशासनले सगाएको गन्धआए त्यो अर्को खत्रा हो त्यसतर्फ समेत गाउँपालिका सचेत छ । गाउँपालिका , सर्बदलिय प्रतिनिधि , पाथिभराको पुरानो समितिको अध्यक्ष सहितको टोली , जिल्ला प्रशासनका प्रतिनिधि होमनाथ पोख्रेल ,प्रहरी प्रतिनिधि र पत्रकारहरुको संयुक्त बठैक भएको थियो।उक्त बैठकमा पुरानो पाथीभरा समिकिकै आग्रहमा लेखिएको पत्र अनुसार नगद तथा जिन्सी सामग्री बुझ्ने तयारी भएता पनि अन्तमा समितिका अध्यक्ष दौलतकुमार राईले कुनै हालतमा नबुजाउने अडान राखेको कारणले गर्दा उक्त बैठकले जिल्ला प्रशासन मार्फत सम्पुर्ण सामाग्री नियन्त्रणमा लिएर अनुशन्धान गर्न पत्रचार गर्ने निर्णय गरेको पालिका उपाध्यक्ष बिस्णुमाया खवासले बताइन् ।उक्त बैठकको उपस्थितिमा संस्थाका अध्यक्ष दौलत कुमार राईले भने हस्ताक्षर गर्न इन्कार गरेका छन ।

बैठकमा राईले गाउँपालिकाकै कानुन अनुसार गठित समिति हो , आजको अध्यक्ष हिजो कार्यपालिका सदस्य तथा प्रबक्ता हुनुहुन्थ्यो किन कानुन अनुसार चलाउन भएन भनेर प्रश्न गरेका छन् । पालिका अध्यक्ष स्याङ्बोले किन कानुन अनुसार नचलेको र नचलाएको रहेछ भन्ने कुराको पनि अब खोजी हुने जवाफ दिनुभयो । नीतिगत रुपमा कोही कसैको सहजताको लागि हामीले तत समयमा खकुलो छोडेको प्रमाणित भए दोषको आधारमा कार्यपालिका सदस्यको हैसियतमा कार्बाही भोग्न तयार छु स्याङ्बोले भने तर , हामी निर्बाचित भएको दिनदेखि पाथीभराको यो अपारदर्शीलाई चिर्दै पालिकाको दायरामा ल्याउन काम गरेको र सफल समेत भएको स्मरण गराएका गराए ।