पाठशाला न्यूज
 २०८१ जेष्ठ ३, बिहीवार    

बिहिबार इदउलफित्रको सार्वजनिक बिदा

२०८० चैत्र २८, बुधवार १३:४१ बजे

काठमाडौं- सरकारले इस्लाम धर्मावलम्वीहरुले रमजान महिनाको ३० दिनको ‘रोजा’ व्रत आज पूरा गर्दै ‘इद-उल-फित्र’ विहिबार मनाउने भएपछि सो दिन सार्वजनिक बिदा दिएको छ।

गृहमन्त्रालयले बुधवार एक सूचना जारी गर्दै विहिबार सार्वजनिक बिदा दिने निर्णय गरेको जानकारी दिएको हो ।

नमाज पूरा गरेपछि एकअर्कालाई अङ्कमाल गरेर बधाई साटासाट गर्छन भने घरमा विभित्र परिकार पकाएर खाने गर्दछन् । रमजान महिना उर्दू पात्रोको अनुसार नवौँ महिना हो।

यो पर्वको ७०औँ दिनमा बकरिद अर्थात ‘इदउलअजहा’ पर्व मनाउने गर्दछन् । यस अवसरमा मुस्लिमहरु ‘हज’ का लागि साउदी अरबको मक्का मदिना जाने पनि गर्दछन् ।